• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

धनकुटा | कोशि पहाडी जिल्लामा आफ्नो सेवा विस्तार गर्ने उदेश्यले एमएडब्लु अर्थमुभर्स जेसीबी कम्पनीले वुधवार देखी धनकुटाको हिलेमा जेसीबीको सो रुम औपचारिक रुपमा खोलेको छ । कम्पनीले कोशी पहाडमा जेसिवीको विक्रिवितरण, पाट्र्स विक्रि र मर्मत गर्ने उदेश्यले सो रुम स्थापना गरेको हो । जेसीबीको सो रुमको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक औपचारिक समारोहको विच रिवन काटेर समुद्धघाटन गरेका छन् । सो रुमको उद्धघाटन गर्दै नगर प्रमुख तामाङले धनकुटाको हिलेमा जेसीबीको सो रुम खुल्दा धनकुटालाई मात्र होईन सिंङ्गो कोशी पहाडलाई फाईदा हुने वताए । तामाङले कम्पनीले युवाहरुलाई रोजगारी दिएर विदेशिने क्रम समेत घट्ने वताए ।

जनशक्तिले भन्दा जेसीबीले काम गर्दा विकास निर्माणको काम छिटो हुने भएकाले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक वनाउन जेसीबीलाई सहि ढंगले प्रयोग गर्न सके देश चाँडै विकास हुने नगर प्रमुख तामाङले दावी गरेका छन् । एमएडब्लु अर्थ मुवर्स जेसीबी कम्पनीका मेनेजर कञ्चन सिलवालले जेसिवीको प्रयोग गरेर देश विकास गर्न सहभागी सवैलाई आग्रह गर्दै पहाडमा पहिलो पटक कम्पनीले जेसिवीको सो रुम खोलेको वताए । जेसिवी कम्पनी ब्रिटिस कम्पनीको व्राण्ड भएको र नेपालमा आउने जेसिवी भारतवाट आउने गरेको सिलवालले वताए ।

उनले विश्वमा सुन् १९९१ सालमा पहिलो पटक जेसिवी निर्माण गरेको भएपनि नेपालमा भने सन् २००४ मा एमएडव्लु अर्थ मुवर्स कम्पनीले जेसिवी भित्र्याएको वताए । उनले नेपालमा एमएडब्लु अर्थ मुवर्स जेसीबी कम्पनीले वार्षिक कारोवार २ हजार करोड भन्दा वढी गर्ने गरेको र वार्षिक रुपमा १ हजार भन्दा वढी जनशक्तिलाई रोजगारी दिदैआएको पनि स्पष्ट पारेका छन् । ”विकासको लागी निर्माण, निर्माणको लागी जेसिवी” भन्ने नाराको साथ गेट्स कन्ट्रक्सन प्रा.लि.ले आयोजना गरेको जेसिवी सो रुम उद्धघाटन समारोहमा उधोग वाणिज्य संघ धनकुटाका निवर्तमान अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ, स्थानिय वैंकहरुको तर्फवाट हेमकुमार सिलवाल, कन्ट्रक्सन कम्पनीका प्रतिनिधिहरु रवी पोखरेल, सालीग्राम साप्कोटा, डिल्लीराम तिम्सीना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै आ–आफ्नो धारणा राखेका थिए । उद्धघाटन समारोह गेट्स कन्ट्रक्सनका प्रोपाईटर राजकुमार पराजुलीको अध्यक्षतमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी मानवी मोक्तानले गरेकी थिईन ।

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here