•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुपाल्चोक/ तिन दिनको लगातार बर्षत् झरीले अरनिको राजमार्ग लगायत देशका विभिन्न राजमार्गहरुमा पहिरोले यातायात आवत जावत् गर्न अबरोध पुर्याएको छ ।

त्यस्तै अरनिको राजमार्ग अन्तर्गत चेहेरेमा बिहिबार बिहान खसेको सुख्खा पहिरोको कारण राजमार्गमा कुदिरहने यातायातको साधनहरुमा अवरुद्ध भएको हो । करिब १० बजे तिर खसेको पहिरोको कारण साढे १ बजे सम्म सडक अवरुद्ध भएको थियो । सडकको दुवै दिशा बाट डोजर मेसिनले सबै पहिरोको ढिस्कोहरु पन्छाएर मात्र लगभग ३ घन्टाको अन्तरल पछि राजमार्गमा यातयातको शुचारु भएको थियो ।

लगातार बर्षको कारणले अरनिको राजमार्ग भरि कहिले पनि नझरेको पहिरो यो वर्षातमा झरेको देखिन्थे, लगभग १०० भन्दा बेशी सानो सानो पहिरोको दृष्यहरु देखिन्थे । यस्तो समयमा यातयात गर्ने सवारी साधनहरु धेरै साबधानीपुर्वक मात्र राजमार्गमा निस्किनु सुरक्षित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here