• 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

दक्षिण कोरियामा भएको सातौ महा अधिबेशनबाट गैर आवासीय नेपाली संघको नयॉ कार्य समितिको अध्यक्ष पदमा यज्ञराज सुवेदी निर्बाचित भएका छन् । सुबेदीले ७९४ मत ल्याएर बिजयी हुन् सफल भएका हुन् ।

शौलमा सेप्टेम्बर २१/२२ तारिख भएको ७ औँ अधिवेशनकमा आइसिसी एनआरएनए कोरियाबाट सदस्यमा ओम जुग्जाली र लक्ष्मी लामा गुरुङ निर्वाचन अघि नै निर्विरोध चयन भएको निर्वाचन आयोगले घोषणा गरेका थिए । अध्यक्षको प्रतिद्वन्दी विपिन गरुंले ६५४ मत र बुद्धि गुरुंले ३१८ मत प्राप्त गरेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा दिपक पुन, उपााध्यक्ष पदमा क्रमश सोम तामाङ, सन्जिब राई र यदु लामिछाने रहेका छन । महा-सचिवमा बिमल सुवेदी र सचिवमा राजकुमार स्याङ्तान र मनोज गौतम बिजयी भए । यसैगरी कोषाध्यक्षमा चन्द्र राना भएका छन् भने सह -कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित भएको हो ।

महिला संयोजक सुभद्र पालुहाङ र युवा संयोजकमा अरुण श्रेष्ठ निर्वाचित भए संगै कार्य समितिको सदस्यहरुमा पनि निर्बिरोध चयन भएका छन् । साथै भवन भट्ट को प्रमुख आथित्यमा उपाध्यक्ष कुमार पन्त र मिडल इस्ट एसिया संयोजक आर के शर्मा, आईसिसी एसिया उप संयोजक विनोद कुँवर, एसिया महिला प्यासिफिक संयोजक जुनु गुरुं, केन्द्रीय सल्लाहकार गंगा राई लगायतका महानुभावहरु आतिथ्य रहेका थिए । यस पटकको निर्वाचन अनलाईन प्रणालीबाट गराएका हुन्  ।

  • 11
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here