• 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

काठमाडौं भदौ ९ |जगत प्राणीहरुको कल्याण हितको निमित्त बौद्ध तामाङ भवनमा महाकरुणामय आर्य अवलोकितेश्वरको ञ्यूङ्ने मौनब्रत कार्यक्रम  गर्ने भएको छ । ञ्यूङ्ने मौनब्रत कार्यक्रम यही असोज १९, २० र २१ गते हुन लागिएको सस्थाका सचिब संजली घिसिङ ले सुनौलो समाज लाइ जानकारी गराउनु भयो |

हिन्दुहरुको महान चाड दशैमा धैरै भन्दा धेरै निर्दोश प्रणीहरुको हत्या हुने भएको हुदा प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा विश्व शान्ती एंव समस्त जगत प्राणीहरुको कल्याण हितको निमित्त धर्मगुरु आचार्य सर्वजित गोङ्बाको प्रमुख आतिथ्यमा तीन दिने मौनब्रत (उपावस) ञ्युङने कार्यक्रमको आयोजना हुने भएको छन् |

कार्यक्रम मा  वरिष्ठ समाज सेवी तथा संस्थाका विशिष्ठ सल्लाहकार लाक्पा ठिन्ले शेर्पा (हिमाली कान्छा) को संयोजक तथा  ञ्यूङ्ने कार्यक्रमको लामा समिति संयोजकमा सस्थाका अध्यक्ष राजन कुमार तामाङ, ब्यपस्थापन संयोजकमा संस्थाका महासचिव रोज बहादुर तामाङ (च्याङ्बा), अर्थिक संयोजकमा कोषध्यक्ष राजु लामा र सचिव संजाली घिसिङ र सोयम सेवाक संयोजकमा केन्द्रिय कार्यसमिति सदस्य रोजिना योञ्जन रहेका छन् । साथै सो कार्यक्रम मा सहभागी हुन चाहने भक्तजनहरुले अशोज १२ गते भित्र संस्था को कार्यालय मा नाम दर्ता गर्नु पर्ने बताउनु भयो |

 

 

 

 

 

 

 

 

 

  • 75
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here