•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा  । धनकुटाको पाख्रिबास नगरपालीका ले शनिबार शुरक्षित नागरिक गरिबि नीवारण जन्ता आवास कार्यक्रम अन्तरगत नगरपालिकाको ६ ,७ र ८ नम्वर वडाका ५० घरपरीवारलाई जस्ता पाता वितरण गरेको छ । धनकुटा को प्रतिनिधि सभासदस्य मानननिय राजेन्द्र कुमार राई को प्रमुख आतिथ्यमा सम्पन भएको दशै तिहार तथा छठ् उभौलि पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा जस्ता वितरण कार्यक्रममा विभिन्न वडाका नागरीकलाई जस्ता पाता वितरण गर्नु हुदै खाना देखि छाना नाना सम्पूर्ण जन्ता को आवश्यकता यहि सरकार ले पुरागर्ने बताउनु भयो ।

साथै उहाले नेपालिहरुको माहानचाडबाडहरु दशै तिहार ,छठ् उभौलि लगाएत पर्वको अवसरमा शुखशान्ति समृद्धिको शुभकामना व्यक्त गर्नु भयो । नगरपालिकाले नगर भित्र रहेका गरिब ,विपन्न ,एकल महिला ,दलित र पिछडिएका घरपरीवार छनोट गरेर १४ लाख बराबरको जस्ता पाता खरिद गरेर जस्ता पाता वितरण गरिएको नगरसभा सदस्य सरोज राई ले जानकारी दिनु भयो ।

साथै अन्य वडा हरुमा मंसिर पछि जस्ता पाता वितर गरिन्ने र पाँच जना गणंक हरुले नगरभित्र रहेका गरिब पहिचान को लागि गणना कार्य सञ्चालन भइरहेको बताए । पाख्रिबास नगरपालिका भित्रका नागरीक ले यसरी नगरले जस्तापाता उपलब्ध गराउदा जस्तापाता पाएपछि खुसी व्यत्त गरेकाछन् । कार्यक्रममा जिल्ला विकास समन्वय समिति धनकुटाका संयोजक टंक चहवान, नगर प्रमुख विर्ष बहादुर राई वडा का जनप्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम पाख्रिबासनगरपालिका को नेपाल कम्यूनिस्ट पार्टिका अध्यक्ष सान्ती राम गौतम को अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here