•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा |जलवायु अनुकूलन नमूना गाँउ कार्यक्रम अन्तरगत शनिबार धनकुटानगरपालीका वडा नं. १ वडाकार्यलयमा टनेल हाउस तथा गोठ व्यवस्थापन प्रबिधि सम्बन्धि दुइ दिने तालिम शनिबार बाट हिलेमा सुरु भएको छ । धनकुटा प्रतिनिधि सभासदस्य मानननिय राजेन्द्र कुमार राई को प्रमुख आतिथ्यमा सुरु भएको टनेल हाउस तथा गोठ व्यवस्थापन प्रबिधि दुइ दिने तालिम को उद्द्याटन गर्नु हुदै उहाले राज्य जन्ताको आर्थिक विकासका लागि लागि परिरहेको ले जन्ताले पनि साथ दिन आवश्यक रहेको बताए ।

साथै राज्यले दिएको सेवा सुबिधालिएर आर्थिक उन्ति हासिल गर्न पनि आग्रह गर्नु भयो । त्यस्तै धनकुटा नगर कार्यपालिका सदस्य कल्पना थापा , वडा अध्यक्ष निरन तामाङ , वडाका कार्यबाहक अध्यक्ष लालचन्द्र गोङवा ले पनि जन्ताको भोलि को सुन्दर भविश्य लाई कार्यक्रम तथा योजनाहरु अगि बाढाइरहेको भन्दै अब को तिन वर्ष भित्र सबै जन्ताको इच्छाचाहाना पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

तालिम पर्डेप नेपाल धनकुटाको आयोजना तथा धनकुटा नगरपालीका युएनडिपिको सहयोगमा सञ्चालन गरिएको हो । तालिममा धनकुटानगरपालीका वडानम्वर १ का तिन वटा टोल बस्ति संगठनका स्थानियहरु को सहभागिता रहेको छ । यस कार्यक्रमले धनकुटा नगरपालिकाको १,२,३ र १० नं वडामा जलवायु अनुकुलन नमूना गाँउ कार्यक्रम अन्तरगत ५ सय घर धुरी संख्यामा टनेल घर निर्माण , प्लाष्टिक पोखरी, सुधारीएको चुलो , गोठ सुधार , सरसफाइ तथा फोहो। व्यवस्थापन गर्ने ४ वटा विद्यालयमा जलवायु परिवर्तन सम्बन्धि तालिम सञ्चालन गर्ने , जैविक मल तथा विषदि रहित तरकारी खेति तालिम सञ्चालन गर्ने आयोजकले जानकारी दिएको छ । तालिममा पर्डेप नेपालका मीन प्रसाद सुवेदि लगाएत ले प्रदान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here