•  
  •  
  •  
  •  
  •  
  •  
  •  

ललितपुर असोज १२ |ललितपुर महानगारपालिका कुसुन्ती  वार्ड  १३ को श्री कुसुन्ती युवा क्लब को ३३ औ बार्षिक उत्सब मा खुल्ला  दौड प्रतियोगिता आयोजना गरि मनाएको थियो |५ कि मि दौड प्रतियोगिता कुसुन्ती क्लब, महालक्ष्मीथान,लगनखेल,कुमारीपाटी,जावलाखेल,हुदै कुसुन्ती मा समाप्त भएको थियो |

श्री कुसुन्ती युवा क्लब को ३३ औ बार्षिक उत्सब को उदघाटन ललितपुर महानगर पालिका वार्ड न १३ को अध्यक्ष गणेस केसी ले गर्नु भएको थियो|”युवा लाइ स्वस्थ र ब्यक्तित्व बिकास को लागि दौड ” मुल नारा लिएर आफ्नो ३३ औ बार्षिक उत्सब को अवसर मा आयोजाना गरेको खुल्ला ५ किमी दौड प्रतियोगिता मा भाग लिन ललितपुर,काठमाडौं लगायत विभिन्न ठाउँबाट करिब १०० जना ले भाग लिएका थिए |

दौड प्रतियोगीमा  प्रथम हुनेमा ससस्त्र प्रहरी बल हल्चोक बाट सहभागी सन्तोष बिक्रम बिस्ट ले ११ मिनेट ८ सेकेन्ड मा पार गरेको थियो  बिस्टले  नगद रु १५,०००/- सहित मेडल प्रमाणपत्र प्राप्त गर्नु भएको थियो,तेसै गरि दोश्रो हात पार्न  सफल ससस्त्र बल कै खेम बहादुर खत्री ले ११ मिनेट १२ सेकेन्ड मा पार गरेको थियो उहालाई नगद रु १०,०००/-सहित  मेडल प्रमाणपत्र प्राप्त गर्नु भएको थियो र तेस्रो हुने कुसुन्ती क्लब कै राजेश खड्का ले हात पारेका थिए उहाले ११ मिनेट १४ सेकेन्ड मा पुरा गरेको थियो उहाले नगद रु ५,०००/- सहित मेडल प्रमाणपत्र पाउनु भएको थियो |तेसै गरि टप टेन हुने १० जनालाई पनि मेडल र प्रमाणपत्र वितरण गरेको थियो|  र महिला विधा बाट प्रथम हुन सफल बिन्द्र देसार ले १४ मिनेट ९ सेकेन्ड मा पार गरेको थियो उहाले नगद रु ३,०००/- सहित मेडल प्रमाणपत्र प्राप्त गर्नु भएको थियो | तेसै गरि दोश्रो रिय खत्री तेस्रो निशा कार्की  हुनु भएको थियो |

सो कार्यक्रम मा प्रमुख अतिथि गणेश के सी ले युवा विकास का लागि यस्तै कार्यक्रम क्लब ले गर्दै जान्छ भने उहाले सधै सहयोग को लागि पहल  गर्ने आश्वसन दिनु भएको थियो |तेसै गरि श्री कुसुन्ती युवा क्लब का अध्यक्ष निरज खड्का ले युवा लाइ सहयोग पुग्ने खालको कार्यक्रम हरु निरन्तर रहने बताउनु  भयो | सो कार्यक्रम मा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हरु लाइ सम्मान गरिनु को साथै सुभ कामना आदान प्रदान गर्नु भएको थियो|

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here