• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं, असोज १६ । शिवश्री हाइड्रोपावर कम्पनीको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीको आईपीओलाई नेपाल धितोपत्र बोर्डले असोज १ गते अनुमति दिएको हो । कम्पनीले जारी पूँजीको १५ प्रतिशत शेयर गत पुसमा सिन्धुपाल्चोक जिल्लाका स्थानीयको लागि आईपीओ विक्री गरेको थियो ।

सो मध्ये ११ लाख ३६ हजार ५४० कित्ता स्थानियको विक्री नभएकाले त्यसलाई समेत जोडेर जम्मा ३३ लाख ५१ हजार १४० कित्ता शेयर जारी गर्न लागेको हो । कम्पनीको आईपीओ प्रतिशेयर रू। १०० मा आवेदन दिन सकिन्छ ।

आवेदकहरुले आईपीओमा छिटामा असोज २४ गते र ढिलोमा कात्तिक १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यस आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखाउँछ ।

कम्पनीको आइपिओमा सि–आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । कम्पनीले सर्वसाधारणको लागि जारी गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here