•  
  •  
  •  
  •  
  •  
  •  
  •  

पेनाङ मलेसिया : नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज अक्टोबर ६ तरिख आइतबार पेनाङ स्थित सनवाई होटलमा अधिवेशन सम्पन्न भएको हो ।

नेपाल तामाङ घेदुङ पेनाङ मलेसियाको अधिवेशन सुरुवातमा नेपाल तामाङ घेदुङ मलेसिया केन्द्रबाट पल्नु हुने अतिथिहरूलाई खादा लगाएर स्वागतबाट कार्यक्रम सुरु भएको थियोे । २००५ मा मलेसियामा गठित तामाङ समाजबाट सबै मलेसियामा रहेका तामाङहरूलाई एक गराउदै गत जुलाई २१ तरिखमा अधिवेशन पश्चात् पेनाङमा क्षेत्रीय समिति गठन गरेको हो ।

अधिवेशनबाट राम काजी घ्लान तामाङको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । समितिको बरिस्ठ उपाध्यक्ष बुद्ध स्याङबो तामाङ, महिला उपाध्यक्ष सानू माया स्याङतन तामाङ, सचिव जीवन घ्लान तामाङ, सह-सचिव सबिन लोप्चान तामाङ, कोषाध्यक्ष कुलदास दोङ तामाङ, सह-कोषाध्यक्ष देवराज तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः दिपक तामाङ,
गम्भीर तामाङ,
बुद्ध मान तामाङ,
सुनैना तामाङ,
वाङदा बोम्जन,
बिजय तामाङ,
सनिता तामाङ लाई चयन गरेको छ । सल्लाहकारहरूमा क्रमशः प्रमुख सल्लाहकार लनम तामाङ,
सल्लाहकार नोर्बु दोङ तामाङ, सल्लाहकार जितु पाख्रिन

कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रीय अध्यक्ष राजेन्द्र वाईबा तामाङले नवनिर्वाचित टिमलाई शुभकामना दिए। “ह्यङ्लान ग्योई ह्यङ्लान काई जम्मान डिक्सी जम्वुलिङरिन छार्नालाई ” यस तामाङको नारालाई सम्बोधन गर्दै वाईबाले पहिचान, स्वतन्त्रता र समानुपातिक समावेशी अधिकारको सवालमा हामीलाई जति पनि राज्य सात्तले तला परेका छ यस सावलमा तामाङ घेदुङ राज्यसँग निरन्तर लडिरहेको बताए । उनले थपे- हामी तामाङ घेदुङ कुनै नाफा कमाउनको लागि गठन गरेको संस्था होइन यो संस्थाबाट हामी नेपाल पुगेर नेता बन्छु भन्ने कुनै साथीको मनमा लागेको होला तर यो बिलकुलै गलत हो । हामी स्वतन्त्र बिशुद्दा मन देखि लाग्न सबैलाई आग्रह गरेका छन । २० मिनेट लामो कुरामा वाईबाले हाम्रो तामाङहरूमा खुट्टा तान्ने प्राविधि रहेको र यो प्रविधिलाई अन्त्य गर्न पनि अनुरोध गरेका छ । वाईबाले तामाङहरको नयाँ बर्षा अर्थात मुख्य चाड भनेको ल्होछार रहेको र हामी तामाङले मनाउने ल्होछार मञ्जुश्री पात्रोमा रहेको सोनाम ल्होछार रहेको र हामीले ल्होछारलाई प्राथमिकताका साथ मनाउन अनुरोध पनि गर्नु भएको छ ।

आजको समारोहमा अतिथिको रूपमा उत्पीडित जागरण अभियान समाजका उपाध्यक्ष गणेश थिङ तामाङ,
सुदुर पश्चिम नेपाली समाज मलेसिया सल्लाहकार दिनेश खड्का,
प्रवासी कलाकार संघ पेनाङ सल्लाहकार दिपक यादव,
ओखलढुंगा समाज पेनाङ मलेसिया अध्यक्ष राज सुनुवार किरात,
नेपाल अदिवासी जनाजाती पत्रकार महा संघ मलेसिया शाखा (फोनिज) प्रतिनिधित्व राज मान तामाङ,
नेपाल तामाङ कलाकार संघ मलेसिया सजिव अमिर लोप्चान तामाङ,
थारु सेवा समाज पेनाङ मलेसिया सजिव अर्जुन चौधरी , लाणि दिनि युवा समाज मलेसिया संरक्षक हरि पाख्रिन , मगर संघ क्षेत्रीय समिति पेनाङ मलेसिया उपाध्यक्ष श्ववाण लुङेली मगर रहेका थिए ।

बुद्ध स्याङबो तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्थानीय कलाकारहरु सुनैना तामाङ,
बिजय तामाङ ,
सुनिता तामाङ ,
सानु माया तामाङ ,
सबिन लोप्चान तामाङ ,
मिङ्खु तामाङ ,
जीवन ग्लान तामाङ,
अमिर लोप्चान,
बुद्ध तामाङ,
सबिना तामाङ,
अनिल दोङ तामाङ,
बसन्ती घिमिरे ,
निश राहु,
बाबु बिकास,
मनु तामाङ लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

आज नै केन्द्रीय अध्यक्ष राजेन्द्र वाईबाले नवनिर्वाचित सबै पदाधिकारीहरूलाई एक मुट्ठा संस्थाको नाममा सपथ ग्रहण पनि गराएको थिए ।

आजको अधिवेशन कार्यक्रममा दुवै मृगौला फेल भई काठमाडौंको एक अस्पतालमा छट्पटी रहेका पिडित बिक्रम सुनुवार लाई सहयोग स्वरूप एक अभियान चलाएको थियोे र उपस्थित सबै सहयोगी मनकारीहरूले सहयोग गरि अभियान्ता अङ्किता लिम्बुलाई नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबाले १२७२ रिङ्गेट हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here