• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । जापानमा अहिलेसम्मकै शक्तिशाली टाइफून (आँधी) आएको छ । ताइफूनको कारण टोक्यो, चिवा, ईबाराकी, गन्मा साईका र नागोया क्षेत्र प्रभावित भएको छ ।

मौसम पूर्वानुमानसम्बन्धी अधिकारीहरूका अनुसार जुनसुकै समय टाइफूनले विपत्ति निमत्याउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

टाइफूनका कारण स्थानीय समय अनुसार दिउँसो १२ बजेदेखी भोली १२ बजेसम्म बस तथा रेल हवाई समेत बन्द गरिएको चिबास्थित दावा छिरिङ तामाङले जानकारी दिए । उनका अनुसार टाइफूका कारण विभिन्न देशको फ्लाइट समेत रद्ध गरिएको छ ।

चिबा क्षेत्र बिहानदेखि प्रभाव भएको उनको भनाई छ । हागीबिस नामक टाइफूका कारण जापान सरकारले जापानी नागरिक तथा विदेशीलाई सचेत रहन र आवश्यक तयारी गर्न विभिन्न सूचना जारी गरेको छ । तस्विर सौजन्यः दावा छिरिङ तामाङ

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here