• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

कालिञ्चोक गाउँपालिकाको कार्यालय गए राति तोडफड गरी गाउँपालिकाको सामान रातारात लापिलाङ सारिएको छ । लापिलाङका जनप्रतिनिधि र स्थानिय जनताको सहभागितामा गाउँपालिकाको सामान वडा नं. ५ लापिलाङ पु¥याएका हुन । कार्यालयको मुल गेट र ढोकाको चावि फोरी गाउँपालिकाको विभिन्न शाखामा रहेको सर–समान, लेखा र प्रशासनिकका महत्वपुर्ण कागजात लगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिनु भयो ।

यसै विच गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले गाउँपालिकाका केन्द्र लापिलाङमा हुने गरी यस अघिनै गाउँकार्यपालिकाको बैठको निर्णय अनुसारनै लापिलाङका स्थानियबासीले गाउँपालिकाको सर–सामान र कागजात लगेको हुन सक्ने प्रतिक्रिया दिएका छन भने उपाध्यक्ष कालिका पाठकले भने चोरी भएको प्रतिक्रिया दिएकी छिन ।

यस अघि पनि गाउँपालिकाको केन्द्रको विवाद पटक पटक हुदै आएको थियो । यता प्रहरीले भने कार्यालयको ढोका फोडी सामान र कागजात लगेको तर के कति सामान र के कति कागजात लगे भन्ने सम्बन्धमा अनुसन्धान भई रहेको जनाएको छ ।  आजको  कालिन्चोक  एफ  एम ले लेखिएको छ्।

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here