• 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । हिजो कमल पोखारी स्थित पत्रकार सम्मेलन गर्दै, निर्वाचनमा भाग लिने कार्यनितिलाई र जनतामा राज्य सत्ताले समृद्धि र समाजबाद को भ्रम सृजना गरेको भन्दै उप चुनाबको बहिष्कार गरेको घोषण गरे ।

यो संविधानले दुई बर्ष नबित्दै रास्ट्रघाती र जन घाती गरिएको र सत्ताधारी आफै पनि नङ्गिएको छ, यहि सत्तामा पुर्व मन्त्री सभामुख जस्ता ब्यक्तिहरु अपरधिक फौजदारिमा मुछिनु एक पात्र मात्र रहेको, प्रधानमन्त्रीको आलोपालोमा एक पछी अर्को रोई कराई बसेको मात्र भइरहेको अबस्थामा आफ्नै सत्ताधारी पार्टीकै नेता कर्याकर्ताले समेत यो सरकार असफल रहेको भनी रहेका छन । यो सरकारले जनतालाई महँगी, भ्रष्टाचार, कमिशनखोरी, तस्करी, असुरक्षा, बेरोजगरी, राष्ट्रिघात र अनेक आपराधिक गतिबिधिहरु नै जनतालाई दिएका उपहारहरु हुन त्यसैले पिडित जनता आक्रोसित रहेकाले पनि उपनिर्बचान बहिष्कार को बिकल्प रहेको देजमो को ठहर रहेको छ ।

अमेरिकाको Indo Pacific Strategy भारतको BIMSTEC, BBIN र चिनको BRI जस्तो तृदेशिय टक्करले नेपाल रणभुमी बन्न सक्ने खतरा पनि रहेको छ, त्यसैले पनि यो सरकार, यो संविधान र यो ब्यबस्था धेरै दिन टिक्न नसक्ने देखिएको छ, यस्तो अबस्थामा प्रतिक्रान्ती शक्तिहरुले प्रतिक्रियाबादी ब्यबस्था ल्याउन सकिनेछन यो अबस्थामा क्रान्तिकारी परिबर्तनलाई जोगाउनु पनि उपनिर्बचान बहिष्कार गर्नु हो ।

यो परिस्थितिलाई मध्यनजर गर्दै सबै क्रान्तिकारी शक्तिहरु र जनताहरुलाई बहिष्कार प्रक्रियामा सहभागी हुन समेत अनुरोध गरिएको छ, यसको नारा नै नयाँ बिकल्पको तयारी मुख्य रहेको बताए ।

 

  • 12
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here