•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा | धनकुटाको किसानले लगाएको हिउदे मकै मा फौजि किराले खाएर सखाप पार्न थाले पछि किसानहरु चिन्तित भएकाछन् । यो साल वर्षा याममा लगाएको मकैपनि खडेरीले सुकेर पीडित भएका कृषकहर अहिले हिउद याममा लगाएको मकैको दुइ वाली नै राम्रो उत्पादन नभएपछि यो वर्ष अनिकालको समस्या भोग्नु पर्नै चिन्ता लागेको धनकुटा ७ का स्थानिय तथा ६ नं वडा सदस्य चन्द्र कुमारी राईले बताउनु भयो । करिव १० रोपनीमा उहााँले लगाउनु भएको हिउदे मकैवाली किराले खाएर सखाप पारेको बताइन ।

मकैमा किराको प्रकोप देखेएपछि कृषि संग सम्बन्धित कार्यलयमा कुरा राख्दा अमेरीकन फौजी किराको प्रकोप भएको भनि त्यसको नियन्त्रणका लागि कृषि विज्ञहरको सल्लाह तथा सुझाव अनुसार ९ सयको औषधी लगेर लगाउदा पनि किराको प्रकोप नियन्त्रण नभएको उहाँको भानाइ छ । राइका अनुसार उहाँको आप्नो मात्र नभई त्यस वडा र टोलमा किसानले लगाएको हिउदे मकैवाली किराले खाएर सखाप पारेको छ । त्यस्तै जिल्लाको अन्य स्थानिय तहहरु का किसानले लगाएको हिउदे मकै वाली खाएर सखाप पारेको किसानहरले गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here