• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

क्वालालम्पुर मलेसिया –

तामाङ कलाकार संघ मलेसियाको आउदो डिसेम्बर महिना २२ तारिख आईतवारका दिन दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम हुने भएको छ।

सन् २०१७ मा फुर्बा दोर्जे मोक्तानको अध्यक्षतामा स्थापना भएको तामाङ कलाकार संघ मलेसियाले २ बर्षको कार्यकाल पुरा भएको उपलक्ष्यमा दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रम गर्न लागेको हो ।

प्रवासमै रहेर पनि आफ्नो धर्म सँस्कृति परम्परा तथा रितिरिवाज जोगाउने उदेश्यका साथ स्थापना भएको उक्त कलाकार संघको कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटल (grand continantal hotel) मा हुन लागेका हो।

कार्यक्रममा संस्थाले अहिले सम्म गर्दै आएका विविध सामाजिक कार्यहरु पनि बाचन गरिने भएको छ । साथै अहिले सम्म धेरै पिडित रोगी हरुलाई सेवा गर्दै आएको र आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिने हेतुका साथ अगाडि बढ्ने तामाङ कलाकार संघ मलेसियाको प्रतिबद्धता रहेको संघका सचिव अमिर लोप्चन तामाङले बताउनुभयो ।

अहिले सम्म संस्थाले विभिन्न क्षेत्रमा अग्रसर रहनु भएका समाजसेवि,पत्रकार,कलाकर,खेलाडी हरुलाई सम्मान गरिदै आएको र आउदो कार्यक्रममा पनि सम्मान गरिने र प्रवास मै रहि विभिन्न बिधा लाई आत्मा सात गर्दै आउनु भएको स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुतीले उपस्थित सम्पुर्ण दर्शकहरु लाई भरपुर मनोरञ्जन गराउने बताएको छ ।

मलेसियामा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीअरहरूलाई तामाङ कलाकार संघ मलेशियाको दोस्रो वार्षिकोत्सब र पहिलो अधिवेशनमा सम्पुर्णलाई उपस्थितिको लागि समेत अनुरोध गरेको छ ।

तामाङ कलाकार संघ मलेसियाको दोस्रो वार्षिकोत्सव तथा पहिलो अधिवेशन कार्यक्रम देहायको स्थानमा हुने भएको छ।

स्थान: ग्राण्ड कन्टिनेन्टल होटल के एल

मिति :२२ डिसेम्बर २०१९

समय : बिहान १० बजे आईतबार

उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने छ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here