•  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखा भदौ २०|  गत आइतबार सुकुटे मा भएको बस दुर्घटनामा  परि १९ जना को मृत्यु भएको एक हप्ता बिती सक्दा समेत अरनिको यातायात समिति र नेपाल सरकार ले कुनै वास्ता नगरेको भन्दै भोलि देखि आन्दोलन का कार्यक्रम घोषण गरेको छ| आज काठमाडौंमा मृतक का आफन्त हरु बसी छलफल पछि आन्दोलनको कार्यक्रम घोषण गरेको छ|

दोलखाको  देउराली बाट छेमता भन्दा बढी यात्रु बोकेर काठमाडौं तर्फ आउदै गर्दा सुकुटे मा दुर्घटना भएको थियो |दुर्घटना मा परि घाइते भएको यात्रु हरु उपचार को लागि विभिन्न हस्पिटल मा राखेको एक हप्ता हुदा सम्म पनि  न नेपाल सरकार ले वास्ता गरेको छ न समिति ले नै गएको छ भन्दै आक्रोश ब्यक्त गरेको थियो |मृतक लाइ कुनै पनि क्षतिपूर्ति  नदिएको भन्दै आन्दोलन नै गर्नु पर्ने बताउनु हुन्छ आफन्तजन हरु |भोलि सम्म पनि कुनै पनि  माग सम्बोधन नभए यातातात कार्यालय घेराउ तथा तालाबन्दी गर्ने र कुनै पनि अरनिको यातायात चल्न नदिने समेत को कार्यक्रम घोषणा गरेको छ|

केहि दिन देखि पटक पटक  बार्ता बसेपनि कुनै निष्कर्ष नआए पछी हिजो  बस दुर्घटनामा परेको  मृतकहरु लाइ सामुहिक  सुनकोशीमा अन्तेष्टि गरेको थियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here