• 2.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.4K
    Shares

दोलखा ,कार्तिक २२| अरनिको राजमार्ग अन्तर्गत सुकुटे मा गत आइतबार दोलखाको मागा  देउराली बाट काठमाडौं तर्फ आउदै गरेको बा २ ख ७२४५ नम्बरको गाडी दुर्घटना मा परि १९ जना को मृत्यु र ३० जना भन्दा बढी घाइते भएको थियो |सो दुर्घटना परि मृत्यु भएका आफन्त ले पटक पटक क्षतिपूर्तिको माग गर्दै आइरहेको र कुनै पनि सुनुवाई नभएको भन्दै भोलि देखि दोलखा जाने सम्पूर्ण यातायात बन्दको घोषणा गरेको छ|

दोलखा को सैलुङ् गाउपलिका अध्यक्ष भरत दुलाल को अगुइमा हिजो ज्ञापन पत्र सहित पुर्ब अरनिको यातायात समिति लाइ २४ घन्टे अल्टिमेटम दिएको थियो |तर त्यो पनि बेवास्ता गरेको भन्दै चरण बददा आन्दोलन घोषणा गरेको छ|आन्दोलन को बेवास्ता गर्ने र कुनै सुनुवाई भएन भने बृहत रुपमा सैलुङ् बासीले आन्दोलन चर्काउने छ त्यो बेला अहिले माग को दुइ गुणा मूल्य चुकाउनु पर्ने दुलाल ले बताउनु भयो|

काठमाडौं मुडे हुदै मागा  देउराली जाने सैलुङ्गेस्वोरी यातायात भने तिन दिन अगाडी देखि पूर्ण रुप ले बन्द गरिसकेको र अनिश्चितकालीन रहने पनि बताउनु भयो|

  • 2.4K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here