• 410
  •  
  •  
  •  
  •  
  •  
  •  
    410
    Shares

धनकुटा मंसिर ३।धनकुटा नगरपालिकाको सुन्दरनगरि पर्यटकिय स्थल हिले बजारको सडक दाया बाया साडे सात , सात मिटर ,सडक चौडा पिच एवम स्तरउन्ति गर्नका लागि सम्पूर्ण हिले बजारबासि जुटेकाछन । सहरि विकास को ढल निमार्णका लागि ९ करोड तथा सडक पिच गर्नका लागि ८५ लाख मा विस्तार हुन लागेको सडक निर्मान का लागि सडकडिभिजन कार्यलयको संयोजन तथा धनकुटा नगरपालिका र वडाकार्यलय हिलेको पहल निमार्ण हुन लागेको हो ।

अब बन्न लागेको साडेसात सात मिटर सडक निमार्णका लागि आज धनकुटानगरपालिका वाडानम्वर १ वडाकार्यलय हिलेले आयोजना गरेको बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हिले बजारका स्थानिय बासि व्यपारी नागरीक मञ्च विभिन्न राजनितिकदलका प्रमुख तथा प्रनिधि समाज सेवि वुद्धिजिवि हरु संग भएको छलफल अन्तरक्रिया बाट हिले बजार को सडक फराकिलो बनाउनका लागि साडेसात सात मिटर मा सहमति गर्दै विभिन्न निर्णय गर्दै बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जस अन्तरगत भेलाले धनकुटानगरपालीका को कुवापानि रण बहादुर तामाङको घरमुनिको कल्पट देखि हिले सिरान टेलिकम सम्म साडे सात सात मिटर सडक चौडा तथा पिच गर्ने , सडक विस्तरका लागि पक्कि घर हुने हरका लागि ३ महिना र कच्चि घर लाई २ महिनाको स्वयम घरधनिलाई भत्काइ सक्ने निर्णय भएको छ । त्यस्तै बाटो विस्तारको समयमा बैकल्पिक बाटोको प्रयोग गर्न नदिने , बजार बासिले उपलब्ध गराएको जगाको दाया बाया सडक को फूलबारी सहितको फूटपार्क निमार्ण ,पाहाडि बजारमा १५ मिटरको सडक कायम गर्न संघिय सरकारसंग पहल गर्ने , हिले बजरको पुछर र सिरान गरी दुइ ठाउमा सार्वजनिक शौचालय निमार्ण गर्ने निर्णय भएको छ , ।
कार्यक्रमका प्रमुख अतिथि धनकुटानगरपालिका प्रमुख चिन्तन तमाङ ले कार्यक्रममा बोल्नु हुदै हिले बजारको सडक सुन्दर र सफा ट्राफिक जाम नहुने सडक निमार्ण गर्ने बताउनु भयो । साथै उहाले सडक विस्तरको क्रममा कसैलाई अफ्ठोरो समस्या परेको खण्डमा आवश्यक सहयोग गर्नको लागि नगरपालिका तयार रहेको पनि जानकारि दिनु भएको छ ।
त्यस्तै उहाले धनकुटानगर को विकास र समृद्धिको लागि बृहत योजना तथा कार्यक्रहरु अगाडि बढिरहेको समेत जानकारी दिनु भएको थियो । त्यस्तै उद्योग वाणिज्य संग धनकुटाका अध्यक्ष उमेश घिमिरे ले धनकुटाको हिले बजार पुर्वी पाहाडि भेगको मुख्य व्यापारिक केन्द्र भएका ले सडक विस्तर गर्न आवश्यक रहेको बताउनु भयो । साथै उहाले धनकुटा उद्योग वाणिज्य संग धनकुटाको तर्फ बाट बजारमा भाडामा पसल तथा व्यवसाय सञ्चालन गरेर बसेका व्यसायि हरुलाई सडक निर्माण अबधिभर घरवालालाई भडा मिना गरिदिनको लागि पहल गर्ने बताउनु भयो ।
त्यस्तै जिल्ला समन्वय समितिका सदस्य वाङद थिङ ले पनि हिलेबजार विकास र पर्यटन प्रवद्धनका लागि सडक विस्तार गर्न अतिनै आवश्यक रहेको भन्दै विस्तर हुन लागेको सडक को ढल निर्माण कार्य देशकै नमुना को हुने बताउनु भयो । ढलको व्यवस्थापनको लागि दुइ वटा ठाउमा ट्रिट मेन प्लान ट्याङकि निमार्ण गरि सिचाइको लागि किसानलाई वितरण गरिन्ने बताउनु भयो । यहि मंसिर पहिलो हप्ता देखि सडक निमार्ण कार्य मंसिर पहिलो हप्ता बाट सुरुवात गरी पहिला ढल निमार्ण गरि सकेर फगुन देखि पिच गरिन्ने धनकुटा नगरपालिका वडानम्व १ का वडा अध्यक्ष निरन तामाङ ले जानकारी गराउनु भयो ।

  • 410
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here