• 64
  •  
  •  
  •  
  •  
  •  
  •  
    64
    Shares

नेवारी समुदायको मौलिक तथा संस्कृतिक धरोहर बाजा मध्य ” धिमे बाजा” लाई प्रमुख बाजाको रुपमा लिईने गर्दछ, यस बाजाको प्रशिक्षण समापन तथा प्रमाणपत्र बितरण निठेनाथ युवा क्लबको आयोजनमा गोकर्णेश्वर स्थित नयाँ बस्ती पुजारी टोल सर्बेश्वर मन्दिर परिसरमा हुने भएको छ ।

नेवारी समुदायको ऎतिहासिक परम्परानुसार नेवारी समुदाय भित्र विभिन्न देवताहरुको परिक्रम गर्दा उक्ता बाजा को देवतानुसार नै देवताकै तालमा प्रयोग गर्ने गर्दछन, यस बाजाको तान्त्रिक तथा दैविक दुबै तालमा बजाउने गर्दछन । गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसेको प्रमुख अथित्यमा यहि मङ्सिर २१ गते दिउँसो ठिक १ बजे हुन गईरहेको समापन कार्यक्रममा केही संस्कृतिक झाकी समेत हुने र यो कार्यक्रम पुजारी टोल उपभोक्त समितिको सहयोग रहने संस्थाको अध्यक्ष तथा कार्यक्रमको सभापतिले हाम्रो सुनौलो समाज मिडियालाई जानकारी दिएका हुन ।

यस “धिमे बाजा” करिब ६ महिनाको प्रशिक्षण पश्चात् समापन हुन गएको हुनले सम्पुर्ण गैर जाती तथा नेवारी जातिलाई उक्ता कार्यक्रममा सहभागी भई कार्यक्रमको सोभा बडाई दिन आयोजक समितिले अनुरोध पनि गरिएको छ ।

  • 64
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here