• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

धनकुटा|नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले आयोजना गरेको ७ दिने आधारभुत पत्रकारिता तालिम शुक्रवार औपचारिक रुपमा सम्पन्न भएको छ । धनकुटा नगरपालिका कार्यालयको आर्थिक सहयोगमा संचालित ७ दिने आधारभुत पत्रकारिता तालिममा धनकुटा नगर क्षेत्रका ११ महिला  सहित २० जनाले भाग लिएका थिए ।

समापन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले तालिममा सिकेको ज्ञान सिपलाई व्यावहारमा उतार्न सहभागीलाई आग्रह गरे । तामाङले पत्रकार भनेको समाजको ऐना भएकाले सत्य, तथ्यलाई  टेकेर समचार लैखन सम्पुर्ण पत्रकारहरुलाई आग्रह गरे । उनले समाजमा पत्रकारहरुको ठूलो जिम्मेवारी हुने वताए । नगर प्रमुख तामाङले अहिले आधारभुत पत्रकारिता तालिम लिएकाहरुलाई थप एडभान्स तालिको लागी समेत नगरपालिकाले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा समापन समारोहका विशेष अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिका सल्लाहकार एवं नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले पत्रकारले कसैलाई काख कसैलाई पाखा नगरी समचार लेख्नु पर्ने वताए । उनले पत्रकारले कसैको पक्ष नलिई यथार्थमा घटेको घट्नालाई उजारगर गर्नु सक्नु पर्ने वताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न ७ दिने तालिम समापन समारोहमा धनपा–१ हिलेका कार्यवाहक अध्यक्ष लालचन्द्र गोङ्गवा, फोनिजका प्रदेश महासचिव विदुर खवास, नेपाल पत्रकार महासंघ धनकुटाका वरिष्ठ उपाध्यक्ष एवं तालिमका प्रमुख प्रशिक्षक नगेन्द्र राई, पुर्व अध्यक्ष खगेन्द्र घिमिरे, हिले पर्यटन तथा पुर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्ट, जौटार सामुदायिक वनका अध्यक्ष वीरवहादुर तितुङ, नवज्योती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धिरेन थिङ लगायतले तालिममा सिकेको ज्ञान सिपलाई व्यावहारमा उतार्न जोड दिएका थिए । कार्यक्रमको संचालन फोनिज धनकुटा शाखाका सचिव नगेन्द्र कश्चितले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष मानवी तामाङले राखेका थिए । सो अवसरमा तालिममा सहभागीहरुको तर्फवाट मिना देवी भुजेल र दातेम्वा सेर्पाले आ–आफ्नो धारणा राखेका थिए ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here