• 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

आशिष तामाङ (M.T.)

काठमाडौं । आजदेखि १३औं दक्षिण एसियाली खेलकुद (साग) औपचारिक रुपमा सुरु हुँदैछ। साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा उद्‌घाटन गरेपछि साग सुरु हुनेछ।

नेपाली मौलिक संस्कृति र प्रकृति झल्कने गीत र कला प्रस्तुत गर्ने भएको छ।  जसमा गायक दीपक बज्राचार्य र उनको द रिदम ब्याण्डले दशरथ रंगशालामा आज आइतवार साँझ  प्रस्तुति दिने रशलाइट मिडियाकी अध्यक्ष रमिता भण्डारीले जानकारी  दिए।

गायक बज्राचार्यको मन मगन बोलको अत्यन्त लोकप्रिय गीत गाएर नेपाल र नेपालीको कला तथा संस्कृतिलाई  प्रस्तुत गरिने विशेष कार्यक्रम रहेको अध्यक्षले भण्डारी बताए।

 

१५ हजार कलाकारको सहभागिता रहने छ । सशस्त्र प्रहरी बलबाट ४५ सय, नेपाली सेनाका १५ सय, नेपाल प्रहरीका एक हजार, विभिन्न विद्यालय र कलेजका ३ हजार विद्यार्थी र नेपालको संस्कृती झल्कने झाँकी प्रस्तुत गर्ने ४ हजार जनाले समारोहमा प्रस्तुति दिने उद्घाटनसत्र तीन घण्टा १४ मिनेटको हुनेछ ।

मंसिर २४ गतेसम्म चल्ने सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीको सहभागिता रहने छ । १३ औं सागमा विभिन्न २६ वटा खेल समावेश गरिएको छ । सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । नेपालले तेस्रोपटक सागको आयोजना गरेको हो । यसअघि नेपालले पहिलो संस्करण सन् १९८४ र आठौं संस्करण १९९९ मा आयोजना गरेको थियो ।

  • 1K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here