• 210
  •  
  •  
  •  
  •  
  •  
  •  
    210
    Shares
शुवाङ मोक्तान /सिक्किमे गोरि कान्छिलाई नेपाल सम्म तान्नुको कारण कुनै यथार्थ नभई ” गोरि कान्छी ” बोलको गितको म्युजिक भिडियोको दृश्य हो । यो बोलको गितको म्युजिक भिडियो ओ एस आर डिजिटल म्युजिक च्यानल बाट सर्बजनिक भएको छ ।
नवकलाकार कुमार मोक्तानको मीठो पुर्बेली भाकामा रहेको यस गितको शब्द संगीत स्वयम कुमारले दिएका हुन, मोक्तानको यो शब्द भने दोश्रो कोशेली हो, पहिलो ” आमालाई मेरो” बोलको गित भिडियो सहित निकै सफलता भएपछी फेरि पुर्बेली भाका कोसेली लेई दर्शक माझ आएका हुन, सानै उमेर देखि कलाकार क्षेत्रमा निकै रुचि राख्ने मोक्तान अहिले आएर आफ्नो चाहना पुर्दै गर्दैछन र सफल पनि हुँदै गएका छन । यस ” गोरि कान्छी” बोलको गितमा याकुव राईले एरेन्जर गरेका छन, त्यस्तै यस शब्दलाई भ्वाईस अफ नेपालका प्रतिस्पर्धि बाट बहिरिएको गायक नवीन गजमेरले निकै सुरिलो अवाज दिएका छन भने गायकलाई गायिका झरण योङहाङ्ले साथ दिएकी छिन ।

यस गितको म्युजिक भिडियोमा एक सफल हुँदै आएका गायक, मोडेल र निर्देशकको खुवी भएका खेम मोक्तानले कोरियोग्रफार गरेका हुन भने भिडियोलाई म्हेन्दो मायाको एक चर्चित हस्ती रोशन फ्युवाले छायांकन र सम्पादन गरेका हुन । यस भिडियोलाई अझ सिक्किमा बाट आएका चेली रिक्जिङ जाङमो वाइवाको अभिनय ले रोचक र आकर्षक बनाइएको छ , उनिलाई शब्द लेखन मोक्तनले नै अभिनयमा साथ दिएका छ्न ।
यो गितको भिडियोमा साच्चिकै सिक्किमे र नेपाली बिचको सद्भाव माया र उत्तिकै सम्बन्ध रहेको र हामी जहाँ रहेपनी नेपाली सभ्यता एउटै, चाहा एउटै रहेको साथै आफ्नोपन आफैमा रहिरहने भिडियो मार्फत देख्न सकिन्छ ।

गोरि कान्छी गितको भिडियो सहित हेरिदिनु होला ।।।

  • 210
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here