• 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

धनकुटा मंसिर २१
नेपाल तामाङ घेदुङ पाख्रिबास नगर कार्यसमिति धनकुटाको शनिबार तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ पाख्रिबास नगर कार्यसमिति धनकुटाका अध्यक्ष जयन्द्र घिसिङ को अध्यक्षता तथा नेपाल तामाङ घेदुङ का संघिय सदस्य लालचन्द्र गोङवा तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अधिवेशन तथा सम्मान कार्यक्रमको अवसरमा नेपाल तामाङ घेदुङ धनकुटा जिल्लाका संस्थापक अध्यक्ष एवम नेपाल तामाङ घेदुङ का संघिय पूर्व सल्लाहाकार  विरबहादुर तितुङ तामाङ लाई  तामाङ   समुदायको भाषा, संस्कार, कला र संस्कृतिजगेर्ना गर्न साथै तामाङ जातिको हकअधिकार प्राप्तिको लागी पु¥याउनु भएको अतुलनीय योगदानको उच्चकदर एवम् मूल्यांकनगर्दै नेपाल तामाङ घेदुङ पाख्रिबास नगरकार्यसमिति धनकुटाले सम्मान पत्र तथा खदा ओढाएर सम्मान गरेको हो ।

साथै पाख्रिबास नगर भित्रका सामुदायिक विधालय बाट २०७५ सालको एसइइ परिक्षमा सबै भन्दा बढि अंक ल्याएर उत्तिर्ण तामाङ विधार्थि दुइजनालाइ सम्मान गरेको छ । पाख्रिबास नगरपालीका वडानम्वर ५ ग्रामिण सामाजीक मा.वी का अनिश तामाङ, पाख्रिबास नगरपालीका वडा नं. २ बाल पन्च मा.बि का मनिका तामाङ लाई कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथिहरुले सम्मान पत्र प्रदागर्दै खदा तथा तामङ टोपी लगाएर सम्मान गरेका थिए । कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथि लाचन गोङवा , कार्यक्रमका विशेषअतिथिहरु नेपाल तामाङ घेदुङका संस्थापक जिल्ला अध्यक्ष विर बहादुर तितुङ, नेपाल  आदिवासिजनजाति    माहासंघ  पाख्रिबास नगर समन्वय  परिषदका अध्यक्ष थर्कमान श्रेष्ठ,नेपाल मगर संघ पाख्रिबास नगरका अध्यक्ष निम बहादुर मगर , तमुह्यूल छ्योदि संग पाख्रिबास नगर अध्यक्ष भक्त बहादुर गुरुङ , नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका   अध्यक्ष बिष्णु मोत्तान लगाएत ले कार्यक्रममा बोल्नु हुदै आफ्नो भाषा धर्म संस्कृति लोभ हुदै गइरहेको भन्दै सबै जना संरक्षण तथा विकास प्रवद्धनमा लाग्नु पर्ने भन्दै संरक्षणमा जोड दिनु भएको छ ।

कार्यक्रममा नेपाल ताम्वा संघका जिल्ला अध्यक्ष हरिलाल मोत्तान , पाख्रीबास नगर घेदुङका पूर्व अध्यक्ष रत्न मान मोत्तान , जिल्ला घेदुङका पदाधिकारीहरु, नगरघेदुङका पदाधिारी सदस्यहरुको उपस्थिति थियो । अधिवेसन ले गजेन्द्र तामाङ को अध्यक्ष्तामा नयाँ ९ सदस्य तदर्थ समिति गठन गर्दै आगामी फगुन १५ गते भित्र नगर भेला गरि गठित नयाँ कार्यसमिति को पूर्णता दिने निर्णयभएको छ । कार्यक्रमको स्वागत मन्तव्य नगर घेदुङ का उपाध्यक्ष गजेन्द्र तामाङ ले गरेको थियो ।

  • 36
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here