• 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

धनकुटा म्ंसिर २१
धनकुटाको हिलेमा सञ्चालित दोस्रो राष्ट्रिय व्याटमिन्टन  प्रतियोगिता शनिबार    सम्पन्न    प्रतियोगिताको उपाधि काठमाडौका पबिन लिम्बु र प्रकास महर्जनको जोडिले हात पारेका छन् । फाइनल खेलमा सुनसरिका सुर्य श्रेष्ठ र सुरज मर्हजनको जोडिलाई १६–२१,२१ –१६ र २२–२० को सोजो सेटमा  हराउदै पविन  लिम्बु र  प्रकाश  महर्जनको जोडिले प्रतियोगिताको उपाधि हात पारेका हुन । उपाधि संगंै लिम्बु र महर्जनको जोडिले र ३० हजार रुपैया ,मेडल प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो हुने श्रेष्ठ र महर्जनको टिमले २० हजार रुपैया मेडल प्रमाण पत्र प्राप्त गरेका छन ्। त्यस्तै यता भेट्रान तर्फ को उपाधि संखुवासभाका मोहन कटुवाल र ओम विष्टले जितेको छ ।  उनिहरुले  पाँचथरका  धन  कृष्ण श्रेष्ठ र इन्द्र योङहाङलाई २१–१७,१७–२१र २१–१९ ले पराजित गर्दै भेट्रान तर्फको उपाधि जितेको हो । उनिहरुले क्रमस २० हजार र १० हजार रुपेया मेडल प्रमाण पत्र प्राप्त गरेकाछन् । खुल्ला महिला तर्फ धनकुटाकी गिता राइले हात पारीन उनले फाइनल खेलमा धनकुटाकै अरुणा तामाङलाई २१–१७,१६–२१ र २१–१७ ले पराजित गरेकि हुन । उनिहरुले क्रमस १० हजार र ५ हजार मेडल प्रमाण पत्र प्राप्त गरेकाछन् ।

 

प्रतियोगितामा भाग लिन काठमाडौ ,झापा, मोरङ,सुनसरि, भोजपुर उदयपुर ,तेह्रथुम लगाएत खुल्ला पुरुष तर्फ २२ ,खुल्ला महिला तर्फ ८ र भेट्रान १५ गरी कुल ३५ जोडिको सहभागिता जनाएको आयोजक ले जानकारी दिएको छ ।

  • 32
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here