•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा मंसिर २५
पाख्रिबास नगरपालीका वडा नंं .४ नेकपा वडा कमिटी धनकुटाले बुधबार एक कार्यक्रम को बिच पाटिका अग्रजहरुलाई सम्मान गरेको छ ।

पाख्रिबास नगरपालीका वडा नंं .४ नेकपा वडा कमिटी धनकुटाका अध्यक्ष मदन राइको अध्यक्षता तथा संघिय सभा सदस्य एवम नेपाल कम्युनिष्ट पाटि धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यमा सम्पन्नभएको कार्यक्रममा वडानम्वर ४ भित्रका नेकपा पाटिका अगुवा कम्युनिष्ट अग्रजहरुलाई सम्मान पत्र तथा फुलको माला र दोसल्ला ओढाएर सम्मान गरीएको हो ।

सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि संघिय सभा सदस्य एवम नेपाल कम्युनिष्ट पाटि धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राइ ले कार्यक्रममा बोल्नु हुदै कम्युनिष्ट पाटिको निति सिद्धान्त बिचार अनुसार नै अग्रजहरुलाई सधै सम्मान गर्दै अग्रजहरुले दिएको जिम्मेवारी पुरा गर्नु पर्ने बताउनु भयो । साथै उहाले पाख्रिबासनगरपालीका को विकासका लागि विकासनिर्माणका काम तिब्ररुपमा अगाडि बढिरहेको भन्दै नगरको विकासको लागि लागिपरिरहेको बताउनु भयो ।

त्यस्तै नेकपा प्रचार प्रसार बिभाग धनकुटाका अध्यक्ष अर्जुन राइले पनि कार्यक्रममा बोल्नु हुदै नितिनिर्माण विकास तथा समृद्ध नेपाल नेपाल कम्युनिष्ट पाटिले मात्र बनाउने बताउनु भयो । कहिलेकाहि काम गर्ने क्रममा कमीकम्जोरी हुनसक्ने भएकाले पाटि र जनप्रतिनिधि मिलेर सुधार गर्न आवश्यक रहेको भन्दै आगामि दिनमा कम्युनिष्ट पार्टि ले कमिकम्जोरी सच्याउन र सचिन का लागि सचेत गराउने बताउनु भयो ।कार्यक्रममा पूर्व शिक्षा मन्त्रि तथा पार्टिको प्रदेश कमिटि सदस्य धनमायाँ विस्वकर्मा, पाटि सचिवालय सदस्य तारा तितुङ, पाख्रिबासनगरपालीका इन्चार्ज नेत्र भण्डारी , पाटिका वडाकमिटि पदाधिकारी सदस्य पाटि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here