•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा मंसिर २६
धनकुटाको हिलेमा हिले फुटबल क्लब धनकुटाको आयोजनामा बिहिबार देखि धनकुटा गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । उदद्याटन शत्रकको पहिलो दिन २ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल आयोजक हिले फुटबल क्लब धनकुटा र धरान फुटबल क्लब फ्यान बिच भएको खेलमा १ विरुद्ध ३ गोल लगाउदै धरान फुटबल क्लब फ्यान बिजयि यात्रा सुरु गरेको छ ।

त्यस्तै दोस्रो खेलमा मोरङ फुटबल क्लब र इलाम फुटबल क्लब यूनाइटेड बिच भएको खेलमा आफ्नो बिजयी यात्रा सुरु गर्दै १ का विरुद्ध ५ गोल लगाउदै इलाम फुटबल क्लब यूनाइटेड बिजयि भएको छ । आजको खेलको म्यान अफदि म्याच धरान फुटबल क्लब फ्यान का जर्सि नं १२ मिलन राई र इलाम फुटबल क्लब यूनाइटेड का जार्सि नं २ निस्चल राई ह्याट्रिक गर्दै खेलको म्यान अफदि म्याच घोषित भएको क्लबका अध्यक्ष राजु योञ्जन ले जानकरी दिनु भयो ।

हिले फुटबल क्लब धनकुटाका अध्यक्ष राजु योञ्जन को अध्यक्षता तथा धनकुटानगरपालीका प्रमुख चिन्तन तामाङ को प्रमुख आतिथ्यमा सञ्चालन भएको खेलको उदद्याटन नगर प्रमुख चिन्तन तामाङ ले गर्नु भएको थियो । खेलको उदद्याटन गर्नु हुदै प्रमुख तामाङ ले खेलको माध्यम बाट हिलेबजारलाई पर्यटकिय गन्तव्य को रुपमा विकास गर्ने बताउनु भयो । साथै उहाले यहाको यूवाहरुलाइ खेलकुद क्षेत्रमा विकास तथा आकर्षण बढाउन का लागि नगरपालिकाले समय समयमा विभिन्न खेलकुद आयोजना गर्ने खेलाडिहरुको वृद्धि विकास र व्यवस्थीत र राष्ट्रिय अन्तरास्ट्रिय स्तरको खेलमैदान निर्माण कार्यहरु भइरहेको भन्दै हिले फुटबल ग्राउण्डलाई संघिय प्रतिनि सभा सदस्य राजेन्द्र राई मार्फत  ५० लाख सहयोग प्राप्त भएको ले संघिय सरकार को ५० लाख बाट अन्तरास्ट्रिय स्तरको प्याराफिट सहितको खेल मैदान निर्माणका गर्ने नगर को योजनारहेको बताउनु भयो । ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटा,मोरङ ,सुनसरी,झापा, इलाम गरी जम्मा ८ वटा टिम को सहभागिता रहेको छ ।

 

खेल उदद्याटन कार्यक्रम को अतिथिहरुमा धनकुटानगरपालिका वडा नं १ का वडा अध्यक्ष निरन तामाङ मा धनकुटानगरपालिका वडा नं १ , कार्यबाहक वडा अध्यक्ष लालचन्द्र गोङवा , उघोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, जिल्ला खेलकुद समन्यव परिषद धनकुटाका अध्यक्ष भोगेन्द्र थापा , हिले व्याटमिन्टन क्लबका राम गोङवा तामाङ , हिले बजार व्यवस्थापनसमितिका अध्यक्ष फुर्वा घिसिङ सञ्चार कर्मि समाज सेवि बुद्धिजिविहरु रहनु भएको थियो । गोल्डकप फुटवल प्रतियोगिता को प्रथम पुरस्कार रु १ लाख ट्रफि मेडल प्रमाण पत्र, दोस्रो पुरस्कार रु ५० हजार ट्रफि मेडल प्रमाण पत्र प्रदान गरिन्ने आयोजक ले जनाएको छ ।

त्यस्तैं खेलको हाइस्कोर,बेस्ट प्लेएर ,उत्कृषट गोल रक्षक, बेस्ट डिफेन्स र राइजिङ प्लेएर लाइ पनि पुरस्कारको व्यवस्था रहेको क्लबका माहासचिव सञ्जिव तितुङ ले जानकारी दिनु भएको छ । स्वागत मन्तव्य हिले फुटवल क्लब धनकुटाका सल्हाकार गौरव कार्कि ले राख्नु भएको थियो भने सञ्चालन सृजनसिल सास्कृतिक समुह हिलेका सचिव जुनल राइले गर्नु भएको थियो । दोस्रो दिन को खेल सुक्रबार बिहान १० बजे देखि सुरु हुने छ भने पहिलो खेल नेपाल आर्मि बरख गण धनकुटा र दुहबि फुटवल क्लब सुन्सरी बचि हुने छ भने दोस्रो खेल दिउँसो १ बजे इनरुवा फुटबल क्लब सुनसरी र रोयल स्पोटिङ क्लब झापा बिच हुने अध्यक्ष राजु योञ्जन ले जानकारी दिनु भएको छ । खेल हिले फुटवल ग्रउणडमा सञ्चालन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here