• 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

मंसिर २७| धनकुटाको हिलेमा जारी प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगितामा आज दुई खेल भएका छन् । हिले फुटबल क्लबको आयोजनामा भईरहेको प्रतियोगितामा दुहवी फुटवल क्लव सुनसरी र नेपाली आर्मीको वरख गण सल्लेरी वीच भएको पहिलो खेलमा ०-२ गोलको अन्तरले दुहवी फुटवल क्लव सुनसरी जिवयी भएको छ ।

दुहवीको जीतका लागि जर्सी नं १६ का खेलाडी कविन्द्र चौधरी र जर्सी नं १० का खेलाडी शिसम चौधरीले ले एक एक गोलको योगदान गरेका थिए । त्यस्तै इनरुवा फुटवल क्लव सुनसरी र रोयल स्र्पोटिङ क्वल झापा वीचको दोश्रो खेलमा पनि ०-२ गोल अन्तरले नै झापा विजयी भएको छ । झापाको जीतका लागि जर्सी नं २३ का खेलाडी विकास लिम्वु र जर्सी नं ३३ का खेलाडी सञ्जीव वुढाथोकी ले एक एक गोल गरेका थिए । जीत सँगै यी दुई टिम सेमीफाईनलकामा प्रवेश गरेकाछन् । भोलिको खेल ईलाम vs झापा र झपा vs दुहवी वीच हुने आयोजक क्लवका महासचिव सञ्जिव तितुङले जानकारी दिनुभयो ।

  • 37
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here