•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनकुटा मंसिर ३०

प्रथम धनकुटा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि दुहबि फुट्बल क्लब सुनसरी ले जितेकोे छ । सोमबार धनकुटाको हिलेमाजारी संघिय सांसद राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न धनकुटा गोल्डकपको फाईनल खेलमा धरान फूटवल फ्यान क्लवलाई सडन डेथमा सुन्यको विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै प्रथम धनकुटा गोल्डको प्रथम उपाधी दुहवी फूटवल क्लव सुनसरीले जिते को हो को हो ।

प्रतियोगिताको निर्धारित समयमा २÷२ गोलको वरावरीमा टुङ्गिए पछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । खेल शुरु भएको ५ मिनेट मै दुहवीका जर्सी नं. १६ का कविन्द्र चौधरीले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी धरान फुटवल क्लवका जर्सी नं.१३ का रिबस मास्केले पनि पहिलो खेलको १२ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई १÷१ को वरावरीमा ल्याउन सफल भएका थिए । त्यसैगरी पहिलो हाफको १८ औं मिनेटमा दुहवीका जर्सी नं.१६ कै कविन्द्र चौधरीले डि वक्स वाहिरवाट गोल गर्न सफल भै १ का विरुद्ध २ गोलले आफ्नो टिमलाई आग्रता दिलाएका थिए । त्यसैगरी दोश्रो गोल खाएको ५ मिनेट वित्न नपाउँदा पुनः धरानका जर्सी नं.७ का पुजन लिम्वुले पुनः १ गोल गरी आफ्नो टिमलाई २÷२ को वरावरीमा पु¥याएका थिए । खेलको दोश्रो हाफमा भने कुनै गोल दुवै टिमवाट हुन सकेन ।

प्रतियोगिताका निर्धारित समय अवधीमा दुवै टिमले वरावरी अंक ल्याए पछि प्रतियोगिता पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा पनि दुवै टिमको गोल स्कोर ८÷८ गोल वरावरी भएपछि अन्त्यमा सडन डेथमा पुगेर ० को विरुद्ध १ गोलको अन्तरले धरान फ्यान क्लव विरुद्ध दुहवीले जीत हात पारेको हो । जितसंगै दुहवी फूटवल क्लव सुनसरीले नगद १ लाख, सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी उपविजेता धरान फुटवल फ्यान क्लवले भने नगद ५० हजार, मेडल र प्रमाणपत्र मै चित्ता वुझाएको छ । प्रतियोगितामा सवै भन्दा वढी गोलगर्ने गोलकर्ता दुहवीका जर्सी नं.१६ का कविन्द्र चौधरी घोषित भए भने वेष्ट प्लेयरमा धरानका जर्सी नं.१० का अबिनास तामाङ घोषित भएका थिए । वेष्ट गोलकिपरमा दुहवीका सुजित चौधरी घोषित भएका थिए । उनीहरुलाई जनही नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।


प्रतियोगितामा विजयी हुने टिम तथा खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि संघिय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, हिले फुटवल क्लवका अध्यक्ष राजु तामाङ लागायतले प्रदान गरेका थिए ।खेलका समापन कार्यक्रमको अतिथिहरुमा धनकुटा नगरपालीका वडा नं १ का अध्यक्ष निरन तामाङ सोहि वडा का कार्यबाह अध्यक्ष लालचन गोङवा ,उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे , जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष भोगेन्द्र थापा लगाएत रहनु भएको थियो । सञ्चालन क्लबका सल्हाकार गौरव कार्कि ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here