• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तरगत आज भएको खेलमा विराटनगर टाइटन्सलाई चितवन राइनोजले १८ रनले पराजित गरेको छ । चितवनले यो जित सँगै लगातार चौँथो जित निकालेको हो ।

आइतबार बिहान पोखरास्थित क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ रोजेको चितवनले विराटनगरलाई १४७ रनको सामान्य लक्ष्य दिएको थियो । तर, विराटनगर १९ ओभरमै अलहाउट हुँदै १२८ रन मात्रै जोड्न सक्यो ।

जितसँगै, चितवनले चार खेलबाट आठ अंक जोडेको छ । चितवनले यो खेल भन्दा अगाडि नै प्लेअफ यात्रा निश्चित गरिसकेको थियो । बाँकी खेल समेत जित्दै चितवन सिंधै फाइनल खेल्ने संभावनामा पुगेको छ ।

विराटनगरले ४ खेलमा दुई अंक मात्रै जोडेको छ ।

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here