• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनालाई आधार मानेर बनेको चलचित्र ‘कोपिला’को ट्रेलर रिलिज भएको छ ।

सामाजिक कथा वस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाइएको छ ।

कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थिति ट्रेलरमा देखाइएको छ ।

ओएसआर डिजिटलले आफ्नो अफिसियल युटयुब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गराएको हो ।

शिवम् अधिकारीको निर्देशनमा बनेको फिल्मलाई मनिराज गौतमले निर्माण गरेका हुन् । गणेश गिरीको प्रस्तुतिमा तयार भएको फिल्ममा कोपिला पात्रले निर्मलाको भूमिका निभाएकी छिन् ।

अधिकारीकै लेखनमा तयार फिल्ममा सरिता गिरी, गणेश गिरी, रिद्धीचरन श्रेष्ठ, विमल पौडेल, प्रेम वर्षा खनाल लगायतको अभिनय देख्न सकिन्छ ।

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here