• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय सदस्य वामादेव गौतमलाई उपाध्यक्ष बनाउने गरी गरिएको विधान संशोधन प्रस्ताव पारित गरिएको छ ।

सदस्य गौतमलाई उपाध्यक्ष बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत साउन २१ गतेको सचिवालय बैठमा प्रस्ताव गरेको थियो ।

नेकपाको विधानमा उपाध्यक्षको व्यवस्था नभएका कारण सचिवालयले विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बमोजिम नेकपाको विधानमा ‘नेकपामा एक उपाध्यक्ष हुनेछ’ व्यवस्था थप गरी विधान संशोधन गरेको हो । सो संशोधित विधानलाई मंसिर २९ गतेदेखि बसेको स्थायी समिति बैठकले पारित गरेको गरेको हो ।

उक्त विधान संशोधन प्रस्ताव शनिबार महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको र स्थायी समितिले त्यसलाई पारित गरेको स्थायी समिति सदस्य मणि थापाले बताएका छन् ।

उनले नेकपामा उपाध्यक्ष थप गर्नका लागि गरिएको विधान संशोधन स्थायी समितिले अनुमोदन गरेको समेत जानकारी दिएको छ ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here