• 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

धरान । रिजु भट्टराईले ‘मिस पूर्वाञ्चल २०१९’ को उपाधि जितेकी छन् । पथरी शनिश्चरे मोरङकी रिजुले १९ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

धरानस्थित धरान सभागृहमा आयोजित दसौं संस्करणको कार्यक्रममा मुख्य निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठले सोधेको ‘नेपाल भ्रमण बर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो रु’ भन्ने प्रश्नको उत्कृष्ट उत्तर दिएर उन उपाधि विजेता बन्न सफल भएकी हुन् ।

‘नेपाल आईस मिस पूर्वान्चल २०१९’की विजेता रिजुले उपाधिको साथमा कार्यक्रममबाट ओम शान्ति कम्पनीको तर्फबाट २ लाख नगद, सिजी ब्रुअरीका तर्फबाट हङकङ टुरको टिकट भेडेटार पर्यटन सद्भावना दूत लगायत विभिन्न पुरस्कार र अवसर प्राप्त गरेकी छन् ।

उक्त प्रतियोगितामा फष्ट रनर अप खोटाङकी एन्जल राई सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु घोषणा भए । राइले नगद १ लाख नगदसहित विभिन्न उपहार पाए भने लिम्बुले ५० हजार नगदसहित विभिन्न उपहार पाए ।

यसैगरी, आधा दर्जन बढी उपविजेता समेत छानिएको प्रतियोगितामा उपबिजेता सबैले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
सिल्भर इन्टर टेनमेन्टको आयोजनामा सम्पन्न नेपाल आईस मिस पूर्वाञ्चलको दशौं संस्करणमा मिलान्ज फेशन इटहरी, लेडिजडे बुटिक, धरान र पूर्वेली ढाकाटोपी ट्रेडर्सको भेषभुषामा २० प्रतिस्पर्धीहरु प्रियारानी लामाको कोरियोग्राफीसहित स्टेजमा प्रस्तुत भएका थिए ।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ, अभिनेत्री मिरुना मगर, कोरियोग्राफर जयन सुब्बा मानन्धर, डा.सरुन कोइराला, ओमक्ष गंगाराज राई, गंगा कालिकोटे, मिस पूर्वाञ्चल २०१६ कृतिका गिरी लगायत रहेका थिए ।

  • 7
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here