•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित हुने बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले एमसीसीबारे सरकारको धारणा नबदलिने बताएका छन् । उनले भने, ‘हामीले लगेर बर्खे अधिवेशनमा दर्ता गरिसकेका छौँ । अब संसदले पास गर्छ।’

मन्त्री ज्ञवालीले एमसीसीबारे पार्टीले के निर्णय गर्छ, त्यो आफूलाई थाहा नभएको जनाए ।

एमसीसीबारे नेकपाभित्रै विवाद देखिएको छ । यो इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत भए पारित गर्न नहुने धारणा नेताहरुले बैठकमा राख्दै आएका छन् ।

यसैक्रममा, मन्त्री ज्ञवालीले भने, ‘कसले के भन्यो भन्योतिर नजानुस्, नेपालले हस्ताक्षर गर्दा के थियो भनेर हेर्नुपर्छ । एमसीसी हामीलाई आवश्यक हो कि होइन, त्यो महत्वपूर्ण हो,’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here