• 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

धुर्मुस सुन्तली अभिनित चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली रोमान्टिक अवतारमा देखिएका छन् ।

उनीहरुले गलामा सयपत्री फूल लगाएका छन् भने धुर्मुसले शिरमा ढाकाटोपी लगाएका छन् । उनीहरुले बुधबार अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना दिँदै चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक गरेका हुन् ।

आगामी फागुन ९ गते रिलिज हुने तयारीमा रहेको यस चलचित्र रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तलीसँगै दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

धुर्मुस सुन्तली कलाकारिता क्षेत्रसँगै र सामाजिक कार्यमा पनि निकै अगाडी देखिएका छन् । यी दुई हाल चितवन भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खटिएका छन् ।

  • 6
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here