• 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

शुवाङ/गायिका निर्माला घिसिङको “दरबन्दी” बोलको गीतको म्युजिक भिडियो हालसालै सार्बजनिक भएको छ ।

जनयुद्द समय देखि जनताको आवाजलाई गित मार्फत सन्देश दिदै नेपालको उत्पीडित वर्गको लागि केहि समय मृत्युको जोखिममा हरेक गाउँ बस्तिहरुमा जनवादी स्वरहरु र भाकाहरु सुसाउदै सांगीतिक आकासमा उदाएकी गायिका नेतृत्व पक्षबाट जनता र देशलाई घात गरेपछि केहि समय उडिरहेको पंछी आफ्नो गन्तव्यमा नपुगी भुईमा खसेको जतिकै भईन । तर परिबर्तन समय संगै उनि नेपाली गितहरु संगै तामाङ मौलिक गीतहरु र मनोरन्जनका गीतहरुमा भने निरन्तर दिदै रम्दै सफल हुदै पनि आएकी छिन ।

गायिका घिसिङ नेपालको चर्चित शो भ्वाईस अफ नेपालको प्रतिस्पर्धी पनि हुन् । सुसान लामाको शब्द संगीतमा गायिका घिसिङले जादुमय स्वर भरेकी छिन । उक्त गीतलाई नोर्बु शेर्पाले एरेन्जर गरेका हुन् भने दिपेश प्रधानले मिक्सिङ गरेका गित पर्पल स्टुडियोमा गरेका हुन् ।

“दरबन्दी” गीतको म्युजिक भिडियो बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ । अजय स्याङतन द्वारा कोरियोग्राफी तथा निर्देशन गरिएको भिडियोमा बिक्रम मोक्तानले प्राबिधिक ड्रोन उडाएको छन, यस म्युजिक भिडियोमा गायिका स्वयम अभिनित रहेकी छिन । यसो हेर्दा उनिको गायिकी र अभिनय उतिकै प्रसंशनिय देखिन्छ ।

“दरबन्दी “गीति म्युजिक भिडियो हेर्नुस । 

  • 13
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here