• 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

धनकुटा ।उमेर बुढो भएनि मन कहिले बुढो हुदैन भन्ने भनाई हामीले धेरै बोल्दै र सुन्दै आइरहेका छौ । भनाईमा भनिय जस्तै धनकुटा जिल्लाको छथरजोरपाटि गाउपालिका वडानम्वर ६ हलहलेका टेन्डि सेर्पा उमेर ले ८४ वर्ष पुगेपनि जोस जागर भने १५ वर्ष को भन्दा कम छैन । जोस जागर ले गर्दा नै उहाँ उमेर ले ८४ पुगेपनि शरिर पनि जवान नै देखिन्छ भने अहिले सम्म २ वटा मात्र दात किराले खाएको छ भने अरु सबै राम्रा रहेकाछन् । सेर्पा भन्छन् अहिले को बालबच्चाको सानैमा दात किराले खान्छ भनेको कुरा खान पाउदैन मत अझै एक घान मकै भट्मास चपाउन सक्छु मज्जाले । हलहलेका टेन्डि सेर्पा ले ८४ वर्षको उमेरमा पनि व्यवसायिक कृषक बन्छु भन्दै हलहले बंगुर र्फाम दर्ता गरेर अहिले फार्ममा ३० देखि ३५ वटा वंगुर पाल्दै आइरहेकाछन् । गत वर्ष को चैत महिना देखि हलहले वंगुर फार्म दर्ता गरेर टेन्डि सेर्पा ले व्यवसायिक रुपमा वंगुर र्फाम सञ्चालन गर्दै आइरहेको छ ।
ूआ बरु बस्दा बसिरह्यो भने ढाड दुख्ने कमर दुख्ने हुन्छ काम गरी रह्यो भने विरामी नी हुदैन बसिरह्यो भने बिरामि मात्रै हुन्छ बरु काम गर्नु पर्छ स्वास्थ्यलाई नि राम्रो हुन्छ उनको भनाई छ । ू त्यस्तै अबको दिनमा व्यवस्थित गरेर व्यवसाय बढाउदै जाने योजनामा रहेको छ । सेर्पाको छोरछोरी ४ जना रहेको छ भने अहिले छोराछोरी हरु पनि आफ्नो आफ्नो गरी खाइरहेको र आफुलाइ अहिले सम्म छोरछोरी ले खर्च दिनु नपरेको र आफै बरु बेला बेलामा नतानातिनी हरुलाई खर्च दिने गरेको छ । आफुलाई परेको बेला खर्च गर्नका लागि बैंकमा पनि बचत गर्ने गरेका छन् ।
यस भन्दा अघि पनि अन्य कृषि संगै वंगुर पाल्दै आइरहे पनि व्यवसायिक रुपमा भने वंगुर पालन व्यवसाय नगरेका सेर्पालाई अहिलेका नयाँ पुस्ताहरुलाई कृषि क्षेत्रमा पनि व्यवसायिक रुपमा लागिपरेर गर्न सके यस बाट पनि रोजगारी का साथै आम्दानी गतिलो माध्यम हुनेरइछ भनेर देखाउन र सन्देश दिनकालागि आफुले व्यवसायिक रुपमा वंगुर र्फाम दर्ता गरेर वंगुर पालन व्यवसायको थालानी गरेको बताए । उनले अहिले भखरै मात्र वंगुर बेचेर ६० हजार आम्दानी लिएको बताए । वंगुर र्फाम दर्ता गरे संगै व्यवसायिक रुपमा पाल्न थाले पछि गाँपालिका बाट कृषकहरुलाई वितरण गरिन्ने अनुदान कार्यक्रम मार्फत ५० हजार अनुदान समेत पाउन सफलभएको बताउनु भयो । गाउपालिकाको ५० हजार र आफ्नो २ लाख गरी जम्मा २ लाख ५० हजारमा बंगुर को खोरको भुइढलाइ गरेर बासले बेरेर निमार्ण गरीएको बताउनु भयो । आगामी दिनमा अझै बढाएर लैजाने योजनामा रहेको सेर्पाले बताए ।
साथै उनले बंगुरलाई चारा पकाउने लगाउने काम गर्नका लागि एकजनालाई महिनाको ३ हजार दिएर रोजगारी समेत प्रदान गरेकाछन् ।

  • 42
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here