• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तरगत आज भएको पहिलो फुटबल खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाए तर, गोल गर्न सकेनन् ।

मध्यभागमा संकटाको स्ट्राइकिङ लाइन कमजोर बनेको थियो । संकटाको प्रहारमा बाधक बनेका ब्रिगेडका गोलरक्षक विशाल सुनार म्यान अफ दी म्याच भएका छन् ।

साथै उनले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । बराबरीसँगै सात खेलबाट नौ अंक बनाएको संकटा आठौं र आठ अंक बनाएको ब्रिगेड नवौं स्थानमा छ ।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here