•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आजदेखि सुरु हुँदैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुँदैछ ।

तालिकाको दोस्रो स्थानमा रहेको मच्छिन्द्रले पुलिसलाई हराउँदै उपाधि होड बलियो बनाउने लक्ष्य लिएर मैदानमा निस्कँदै छ । पुलिसले पनि मच्छिन्द्रलाई हराउँदै अङ्क तालिकामा सुधार गर्ने लक्ष्य लिएको छ ।

उपाधि दावेदार मच्छिन्द्रले यसअघि सात खेलबाट १३ अङ्क जोडेको छ । यसैगरी लिगमा ११ अङ्क बनाएको पुलिस छैटौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मीको भने १६ अङ्क छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेको मनाङको पनि १३ अङ्क छ । चौथो र पाँचौं स्थानमा रहेको एनआरटी र थ्रीस्टारको समान ११ अङ्क रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here