• 218
  •  
  •  
  •  
  •  
  •  
  •  
    218
    Shares

धनकुटा माघ ९
धनकुटाको पर्यटकिए स्थल हिलेबजारमा भ्रमण वर्ष २०२० प्रवद्धन गर्नका लागि बृहत मौलिक सास्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको आयोजना तथा धनकुटानगरपालिका र उद्योृग, पर्यटन, वन तथा वातवरण मन्त्रालय प्रदेश १ विराटनगर को सहयोगमा माघ ११ गते सोनाम ल्होछार २८५६ जीवा ल्हो को अवसरमा भ्रमण वर्ष २०२० बृहत मौलिक सास्सकृतिक कार्यक्रम सहित मनाउन लागिएको हो ।

बुधबार ल्होछार को अवसरमा मनाउन लागिएको भ्रमण वर्ष २०२० बृहत मौलिक सास्कृतिक कार्यक्रम सम्पन्न गर्नका लागि धनकुटाको हिले बजारमा रहेका गुम्बा तथा मठमन्दिर सरसफाइ गरिएको छ ।

हिले बजरमा रहेको धार्मिक स्थल तथा यहाका मौलिक परम्परागत संस्कार संस्कृति लगाएत विभित बस्तुहरुको को प्रचार प्रसार गरी भम्रण वर्ष २०२० लाइ प्रवद्धन गर्ने उद्देश्यले भ्रमण वर्ष २०२० बृहत मौलिक सास्कृतिक कार्यक्रम आयोजना गरिएको घेदुङ जिल्ला समन्वय समिति धनकुटा का अध्यक्ष विष्णु मोक्तान ले जानकारी दिएको छ ।

भ्रमण वर्ष २०२० बृहत मौलिक सास्कृतिक कार्यक्रममा विभिन्न जातजातिको मौलिक परम्परागत सास्कृतिक झाँकी , अर्गानिक, तामाङ समुदाए भित्र प्रचलित मौलिक खाना खाप्से , थेन्दुक , सेक्पा, आलुम र मगर, सेर्पा,किरात खाना प्रदर्शनि तथा त्यस दिन आएका पर्यटकलाई निशुल्क खुवाइने वितरण गरिन्ने आयोजक ले जनाएको छ । साथै कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

  • 218
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here