•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डू बीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । बालुवाटार स्रोतका अनुसार अध्यक्षद्वयको छलफलमा उपसभामुख, केन्द्रीय कमिटीको बैठक, एमसिसी द्वन्द्वकालीन मुद्दालगायतका बिषयमा छलफल भएको छ ।

निवर्तमान सभामुख कृष्ण बहादुर मोहरालाई संसद सचिवालयको एक महिला कर्मचारीमाथि यौन र्दुव्यहारको आरोप लागेपछि प्रतिनिधि सभाको सभामुख रिक्त रहेको थियो । करिब ४ महिनादेखि रिक्त रहेको प्रतिनिधि सभाको सभामुखमा अग्‍निप्रसाद सापकोटा निर्विरोध भएका छन् ।

यद्धपी, नेकपाभित्र भने उपसभामुख कुन पार्टीलाई दिने भन्‍ने अन्योल भइरहेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेकाले राजपालाई उपसभामुख दिने पक्षमा देखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

यसैगरी, अर्का अध्यक्ष दाहालले भने उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई दिने पक्षमा देखिएका छन् । बालुवाटार स्रोतका अनुसार सोहि बिषयलाई टुंगोमा लगाउन ओली र दाहालबीच छलफल भएको हो ।

यसैक्रममा, नेकपाले पौषको २३ गतेबाट माघको १५ गतेसम्म सारिएको केन्द्रीय कमिटी बैठकबारे पनि छलफल भएको छ । साथै, द्वन्द्वकालीन मुद्दाबारे पनि छलफल भएको छ ।

शनिवार पनि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उक्त छलफलमा सरकार र प्रतिपक्षीबीचको दुरी कम गर्ने सहमति भएको थियो ।

यसैगरी, नेकपामा विवाद भइरहेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बिषयबारे पनि छलफल भएको छ । स्थायी कमिटीको बैठकमा नेताहरुको कुरा नमिलेपछि एमसिसीको बिषयलाई टुंगोमा पुर्‍याउन सचिवालयमा पुर्‍याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here