• 168
  •  
  •  
  •  
  •  
  •  
  •  
    168
    Shares

शैलुङ्/ दोलखा जिल्लाको शैलुङ गाँउ पालिका अन्तर्गत वडा न.२ मा पर्ने लाङथापा सामुदायिक बनभित्र अनियन्त्रित रुपमा बनजंगल फँडानी गर्दै ढुंगा खानि संचालन गरिदै आएको छ ।

देशमा भईरहेको राजनीतिक परिबर्तन संगै विकासको नाममा राज्य सत्तमा विराजमान पार्टी ,नेता र कार्यकर्ताहरुकै हलिमुहाली लगभग नेपालभरि नै कहिँ न कहिँ बिबादमा तानिदै आएको कुरा भने नौलो होइन । तर विकास गर्दा भुअतिक्रमण गर्दै भविष्यमा हुने संकट पनि निम्त्याउदै आएको देखिन्छ । सिमित संस्था ब्यक्ति या पार्टीले भूमाफिया र जलमाफियाहरु फस्टाउदै देशको प्राकृतिक भौगोलिक अनि आदिम जातिहरुको मौलिक पहिचान माथि प्रत्यक्ष रुपमा दमन शोषण गर्दै आइरहेको छ ।

यस्तै शैलुङ गाँउपालिका पनि बेला बेलामा कहिले ठुलो जलबिधुत परियोजना त कहिले सडक कहिले गाउपालिका भवन त कहिले शैलुङ भुमिकै बिषयमा समेत बिवादित हुदै आएको छ । हालसालै मात्र लाङथापा  सामुदायिक बन अतिक्रमण गर्दै ढुंगाखानी संचालन गर्न केहि तत्वहरु सक्रिय रुपम परिचालित छन् । सो बिषय ईलाका बन कार्यालय मागपौवा दोलखामा जानकारी गराउदा समेत मौन रहेकोले सामुदायिक बन उपभोक्ता समितिको पदाधिकारी र बन कार्यलय कर्मचारीको समेत संग्लनता रहेको देखिन्छ ।

गोभाङ लामा, अम्बिर घिसिङ र हैकम सिंह तामाङले अफुहरुको सुनुवाइ इकाई बन कार्यालयले वास्ता नगरेको भन्दै सम्बन्धित बन अतिक्रमण गरि खानी संचालन गर्ने शक्तिहरुमाथि छानबिन पश्चात कानुनि कारबाही गरि बन संरक्षण गर्न पाँउ भनि डिभिजन बन कार्यलयमा निबेदन दिएका छन् ।

 

 

  • 168
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here