• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

 

धनकुटा, माघ २६
गरिब, विपन्न र दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण नागरिकहरुलाई सेवा पु¥याउने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा तीन दिने निःशुल्क आँखा शिविर संचालन गरिएको छ । चौबिसे गाउँपालिका–२ मुढेवास स्वास्थ्य चौकीमा संचालन गरिएको निःशुल्क आँखा स्वास्थ्य शिविरमा धनकुटा र पाँचथरका ४ सय १३ जना सर्वसाधारण नागरिकहरुले सेवा लिएको चौबिसे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ममिन्द्र लिम्बूले बताए । चार सय १३ जनाको स्वास्थ्य जाँच गरिएकोमा ४८ जनाको शल्यक्रिया गरिएको थियो भने बाँकीको आँखा चेक जाँच पछि औषधी वितरण गरिएको थियो । शल्यक्रिया गरिएका मध्ये २२ जना महिला र २६ जना पुरुष रहेका छन् ।

चौबिसे गाउँपालिका धनकुटाको आर्थिक सहयोग र नेत्र ज्योति संघ धनकुटा रामप्रसाद पोखरेल आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया गरिएका ४८ जना मध्ये ५ जनाको आँखामा मासु पलाएको थियो भने बाँकीको मोतियाविन्दुको शल्यक्रिया गरिएको वडाध्यक्ष लिम्बूले बताए । शल्यक्रिया गरिएका आँखाका बिरामीहरुको आवत जावत र बसोबासको सम्पूर्ण व्यवस्था गाउँपालिकाले नै गरेको थियो । आँखाको समस्याबाट पीडित चौबिसे गाउँपालिका–……का …..ले आँखाको शल्यक्रिया आफुले नयाँ जीवन पाएको बताए । उनले भने–‘यस्ता शिविरहरु आगामी दिनमा संचालन भए आफु जस्ता सयौंले नयाँ जीवन पाउने दिए ।’

दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले सामान्य उपचार नपाउँदा अनाहकमा अंगभंग हुनु पर्ने, ज्यान गुमाउनु पर्ने बाध्यता अहिले पनि कायम रहेकाले त्यसलाई मध्यनजर गर्दै गाउँपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । यस्ता शिविरबाट गरिब तथा विपन्न परिवारहरुले निःशुल्क उपचार पाएर स्वास्थ्य लाभ दिने भएकाले आगामी दिनमा पनि गाउँपालिकाका अन्य क्षेत्रमा शिविर संचालन गरिने अध्यक्ष राईले बताए ।

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here