• 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

माघ २८ धनकुटा ।धनकुटाको पाख्रीवासमा सञ्चालित नगर स्तरिय तीन दिने कृषी मेला प्रदर्शनिमा २८ जना किसान पुरस्कृत भएकाछन् ।

नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि नयाँ कृषी प्रविधिको वारेमा किसानहरुलाई जानकारी दिने उद्देश्यका साथ नगरपालिकाद्धारा आयोजित मेलामा मसला,फलफुल,दलहन,तरकारी,फलफुल,खाद्यान्न र आलु वालीका उत्कृष्ठ २८ जना किसानहरुलाई ४,४ जना उत्कृष्ठ किसानलाई ४ हजार ३ हजार,२ हजार र १ हजारको पुरस्कार राशी वाट पुरस्कृत गरिएको छ । मेलामा आलु, अलैची,साग,एवोकाडो,उखु, लसुन, मकै, केरा लगायत २ सय १९ वाली प्रदर्शनिमा राखिएको थियो।

नगर प्रमुख वृष वहादुर राईको प्रमुख आतिथ्य तथा उप प्रमुख देवकला पौडेल तिम्सिनाको अध्यक्षतामा सञ्चालित मेला समापन कार्यक्रममा ५ नं वडाध्यक्ष गोपाल थापा,नेकपा का नगरर संयोजक शान्तिराम गौतम हरि राई लगायतकाले मन्तव्य राखेका थिए । सञ्चालन कृषी प्राविधिक ईन्द्र माया तामाङले गर्नुभएको थियो ।

  • 29
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here