• 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

धनकुटा फागुन १
धनकुटाको पाख्रीबास नगरपालीका मा १० ओटै वडामा भेडा ,बाख्र च्याङग्रामा लाग्ने माहामारी जन्य रोग पि.पि आर विरुद्ध को खोप अभियान कार्यक्रम सञ्चालन भइरहेको छ । बिहिबार सम्ममा १४ सय वटा भेडा ,बाख्र च्याङग्रामा पि.पि आर विरुद्ध को खोप लगाएको पाख्रिबास नगरपालिका को पशु सेवा साखा प्रमुख गोरख तामाङ ले जानकारी दिनु भएको छ ।
पाख्रिबास नगरपालिका को पशु सेवा साखा को आयोजनामा माघ २८ गते देखि सञ्चालन भइरहेको भेडा ,बाख्र च्याङग्रामा लाग्ने माहामारी जन्य रोग पि.पि आर विरुद्ध को निशुल्क खोप अभियान सप्ताहीक कार्यक्रम रहेको ले एक सातामा नगर भित्रका १४ हजार भन्दा बढी भेडा ,बाख्रामा खोप लगाउने लक्ष्य रहेको पशु सेवा साखा का प्रमुख तामाङ ले बताउनु भयो ।
साथै उहाँ ले मौसम परिवर्तन संगै विस्तारै चिसो मौसम सकेर गर्मी बढ्दै जाने समयमा फागुन,चैत देखि ,बैसाख ,जेष्ठ , असार सम्म पि.पि आर रोग भेडा बाख्रमा माहामारी को रुपमा फैलिने र यो रोग भेडा बख्रा मा लागि सकेपछि उपचार नहुने भएका ले किसान को पशु धनको सुरक्षा को लागि अभियान कै रुपमा पि.पि आर विरुद्ध को खोप कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

  • 23
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here