• 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

 

धनकुटा फागुन १
धनकुटाको पाख्रिबास नगरपालीकामा गत माघ २४ गते देखि सञ्चालन भइरहेको अन्तरवडा स्तरीय दोस्रो मेयरकप फुटवल प्रतियोगिताको बिहिबार सम्पन्न सेमिफाइनल खेलमा वडा नं ४ र वडा न ८ फाइनलमा प्रवेश गरेकाछन् ।

प्रतियोगिताको बिहिबार सम्पन्न सेमिफाइनल खेल को पहिलो खेल वडा नं ९ र वडा ४ बिच भएको खेलमा वडा नं ४ का खेलाडी जर्सी नं ८ सुरेन्द्र गुरुङ ले खेल को ५३ औ मिनेटमा १ गोल गरेका थिए भने त्यस्तै गरी खेलको ६० औ मिनेट जादा वडा नं ४ का खेलाडी जर्सी नं ९ पाल्देन गुरुङ ले १ गोल गरेका थिए । वडा नं ९ लाई ० का विरुद्ध २ गोल लगाउदै वडा नं ४ फाइनलमा प्रवेश गरेका हुन ।

त्यस्तै गरी वडा नं ३ र वडा नं ८ बिच भएको खेलमा खेलको समय अबधिभर दुबै टिम बाट कुनै पनि गेम हुन नसके पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । दुबै टिमका ११ , ११ जना बिच भएको पेनाल्टी सुटआउटमा वडा नं ३ बाट ९ गोल र वडा नं ८ ले १० गोल लगाए को थियो । वडा नं ८ का तर्फबाट खेलाडि जर्सी नं १ आसीस तामाङ ले पनाल्टी मा १ गोल लगाउदै वडा नं ८ ले फाइनल यात्रा तय गरेको हो ।

सम्पन्न सेमिफाइनल खेलका म्यानअपदिम्याच वडा नं ४ का सुरेन्द्र गुरुङ र वडा नं ८ का गोल किपर आसिस तामाङ घोषित भए । भोलि वडा नं ४ र वडा न ८बिच फाइनल खेल हुने छ । प्रतियोगिताका विजयी प्रथम र दोश्रो हुने टिमले क्रमश नगद १ लाख ५१ हजार र ७५ लाख ५ सय सहित ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

  • 55
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here