• 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

धनकुटा फागुन
लागुऔषध ,विपद व्यवस्थापन कोरोना भाइरस र विष्पोटक पदार्थ सम्बन्धि जनचेतनामुलक कार्यक्रम आइताबार धनकुटाको हिले उच्च माध्यमीक विधालयमा सम्पन्न भएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति धनकुटा र रेडक्रस सोसाइटि धनकुटाको संयूक्त आयोजनामा सञ्चालन गरिएको जनचेतना मुलक कार्यक्रममा हिले उच्च माध्यमिक विद्यालयका विद्यार्थिहरु लाई लागुऔषध ,विपद व्यवस्थापन कोरोना भाइरस को विषयमा रोकथाम नियन्त्रण लगाएत को विषयमा जानकारी दिएको हिले उच्च माध्यमिक विधालयका प्रधानध्यापक खगेन्द्र प्रसाद आचार्य ले जानकारी दिए । कोरोना भाइरसको विषयमा जिल्ला रेडक्रस सोसाइटि धनकुटा का मन्त्रि अनुपा कोइराला ले कोरोना भाइरस को लक्ष्यण , रोकथाम ,कोरोना भाइरस लागेको कसरी थाहापाउने लगाएत को विषयमा सहजिकरण गरेका थिए ।

त्यस्तै सल्लेरी व्यारेक धनकुटाका जम्दार टेक राज गौली ले विभिन्न विपद सम्बन्धि जानकारी नहुदा शिक्षा को अभावमा हुन सक्ने जोखिम को विषयमा सहजिकरण गरेका थिए । साथै जिल्ला प्रहरीकार्यलय धनकुटाका प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना ले लागु औषद नियन्त्रण ,ऐन २०३३, मदिरा ऐन २०३१ , र लागुपदार्थ को सेवन बाट हुने घर परिवार टोल समाज छिमेकमा पर्ने असर , भखरका यूवाहरु कसरी लागुऔषध दुव्र्यसनीमा फस्छन , लागु पदार्थको कुलतमा लागेको मानिसलाई कसरी सुधार्न सकीन्छ भन्ने विषयमा जानकारी दिएको थियो ।

त्यस्तै जिल्ला शस्त्रप्रहरी बल धनकुटाका प्रमुख सचिन कर्म चार्यले विभिन्न समयमा आउने विपदहरु भ्ुाकम्प,आगालागि, पहिरो जस्ता विपत आइपरेको समयमा एकअर्का विच कसरी सरसहयोग को वातवरण सिर्जना गर्ने , कसरी बच्न सकीन्छ भन्ने विषयमा सहजिकरण गरेका थिए । उक्त जनचेतना मुलक कार्यक्रममा हिले उच्च माध्यमीक विधालयका शिक्षकहरु जिल्ला रेडक्रस सोसाइटि धनकुटाका पदाधिकारीहरु , जिल्ला प्रहरी कार्यलयका धनकुटाका प्रतिनिधि प्रमुखहरु ,जिल्ला सल्लेरी व्यारेक धनकुटाका प्रमुख प्रतिनिहरु र जिल्ला शस्त्र प्रहरी बल धनकुटाका प्रमुख तथा प्रतिनिधिहरको उपस्थिति थियो ।

  • 30
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here