•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ,
नायीका आँचल शर्माले विवाह गर्दै। उनले चितवन निवासी डा उदीप श्रेष्ठसंग यहि फागुन २९ गते विवाह गर्दै छिन । उनी पछिल्लो समयकी चर्चित नायिका हुन् । काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा सोमबार उनीहरुले औंठी साटासाट गरेर इन्गेजमेन्ट भएको हो ।

आँचल र उदीप केही समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्न लागेका हुन् । श्रेष्ठसँगको प्रेम सम्बन्ध बाहिरिएसँगै पल शाहलाई धोका दिएको भन्दै केही फ्यानहरु शर्मासँग रिसाएका थिए ।अन्त्यमा शर्मा र श्रेष्ठले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका छन् । काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा सोमबार उनीहरुले औंठी साटासाट गरेर एकअर्कालाई जीवन साथीका रुपमा अपनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here