• 94
  •  
  •  
  •  
  •  
  •  
  •  
    94
    Shares

 

धनकुटा ,फागुन ,

यो वर्ष मिस स्टेट १ सिजन ३ र पूर्वाञ्चल सिङ्गीङ स्टार सिजन ८ अडिसन यहि फागुन ३० गते एक साथ धनकुटामा हुने भएको छ ।

पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा हुन लागेको दुवै प्रतियोगिता एकसाथ हुन लागेको आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक भक्तिराज राईले जानकारी दिनुभयो । जसका लागि आवश्यक तयारी भईरहेको जनाइृएको छ । प्रदेश नं १ का १५ वर्षदेखिका अविवाहित युवायुवतीहरूलाई लक्षित गरी यसअघि पनि मिस स्टेट १ सिजन २ सम्पन्न भइसकेको छ ।

यसपटक पनि सोही प्रतियोगिता सँगै सिंगीङ स्टार सिजन ८ पनि हुन लागेको हो । देशको भाषा, कला, संस्कृति, पर्यटन, अर्थतन्त्र, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको बारेमा सुसुचित गराउँदै कलाको माध्यमद्वारा समुन्नत राष्ट्र निर्माणमा योगदान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक राईले जानकारी दिनुभयो। मिस स्टेट १ की कोरियो ग्राफर मेरिना तुम्साले गत वर्ष पनि भव्यताका साथ प्रतियोगिता सम्पन्न भएको र यस वर्षपनि निरन्तरता दिइने बताउनु भयो । मिस स्टेट २०२० को बिजेताले स्कुटी, क्राउन र अवार्ड प्राप्त गर्नेछ भने फस्ट रनरअपले नगत ५० हजार सहित क्राउन र अवार्ड प्राप्त गर्नेछ । सेकेन्ड रनरअपले नगत २५ हजार सहित क्राउन र अवार्ड प्राप्त गर्नेछ । यस्तै, टाइटल अवार्ड अन्तर्गत मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिसिप्लिन, मिस पर्सनालिटी, मिस पम्चुअल, मिस वेष्ट स्माइल, वेष्ट फिचर, वेष्ट क्याटवाक, चार्मिङ, ब्युटीफूल, एसएमएस भोटिङ, फोटोग्राफी, एक्टिभ अवार्ड प्रदान गरिने उहाँले जानकारी दिनु भयो । त्यस्तै एयर होस्टेज स्कलर सिप पनि पुरस्कार रहेको जनाईएको छ । ओखलढुङ्गा,भोजपुरमा अडिसन सकिसकेको छ भने बिहिबार संखुवासभा अडिसन सम्पन्न भएको छ ।
संखुवासभा

  • 94
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here