•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनकुटा,
धनकुटाको छथरजोरपाटि गाउपालीका ले भौगोलिकरुपमा बिकट तथा जोखिम यूक्त क्षेत्रका बस्ति स्थानान्तरण गरी नमुना एकिकृत वस्ति निमार्ण गर्ने उद्देश्यले एकिकृत नमुना वस्ति बिस्तार कार्यक्रमलाई अगाढि बढाइएको छ । जस अनुसार गाउपालिका ले वाड नं २ मा एकिकृत नमुना वस्ति बिस्तार गर्नका लागि सडक तथा पुर्वाधार विकास गर्ने कार्य अगाढि बढाइएको हो ।

आर्थिक वर्ष २०७६ ।०७७ को प्रदेश सरकार बाट प्राप्त बजेट ४० लाखमा धनपा सडक एकिकृत नमुना बस्ति बिस्तार कार्य अन्तर अहिले ३ किलो मिटर सडक विस्तार गर्ने र १ किलो मिटर ग्राबेल तथा ग्याबिङ भर्ने , ढल निर्माण र पोखरी निमार्णको डिपिआर तयार लगाएतको काम भइरहेको गाउपालिका प्रमुख सेरबहादुर लिम्बुले बताउनु भएको छ ।

साथै उहाँ ले यस वर्ष सडक विस्तार तथा पुर्वधार निमार्ण कार्य सम्पन्न गरि आगामि वर्ष देखि एकिकृत नमुना बस्ति निर्माणका लागि विशेष कार्यक्रम सहित एकिकृत नमुना बस्ति कार्यक्रम अगाडि बढाउने गाउपालिकाको योजना रहेको बताउनु भयो । गाउँपालीकाले पालीकाको २ नं वडा ,५ वं वडा र ६नं वडा गरी ३ वटा वडामा एकिकृत नमुना वस्ति निमार्ण गर्ने योजना रहेको गाउपालीकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here