•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा ,
धनकुटाको छथरजोरपाटि गाउपालीका वाडा नं २ मा राजमार्ग जोडने ग्रामिण कृषि सडक निर्माणको काम तिब्र रुपमा अगाढि बढिरहेको छ ।

यस आर्थिक वर्ष २०७६।०७७ मा संघिय ,प्रदेश ,गाउपालिका र वडा बाट छुट्याइएको बजेट सडक पुर्वाधारनिर्माण तर्फको २ करोड ५४ लाख बराबरको रकम बाट ग्रामिण कृषि सडक सोलीङ गर्ने तथा ग्याबिङ भर्ने र कटिङ गर्ने कार्य तिब्ररुमा काम भइरहेको वडा अध्यक्ष कृष्ण कुमार मगर ले जानकारी दिनु भएको छ ।

जसअन्तरगत फलैचा सल्ले मुर्ती ढुङगा सडक प्रदेश को ७० लाख र गाउपालिकाको ३३ लाख , छथरजोरपाटि चक्रपथ संघियसंसाद विकास कोष बाट ५० लाख, गाउपालिका ४ लाख ,धनपा सडक एकिकृत नमुना बस्तिको बिस्तारका लागि प्रदेश ४० लाख, बैसाखे जौबारी सडक २ लाख गाउपालिका , बुथकेन्द्र जौ बारी सडक मर्मत वडा बाट २ लाख ,सुरुङगे धनपा सडक विस्तार १ लाख ५० हजार वडा ,दाहाल डाडाँ आहाले टोल २ लाख वडा बाट गरी यो वर्ष जम्मा ८ वटा सडक २ करोड ५४ लाख बराबरको बजेटमा असार मसान्तमा निर्माण कार्य सम्मपन्न हुने गरी काम भइरहेको वडा अध्यक्ष मगर ले बताए । साथै उहाँ ले नियमित अनुगमन र सडक निमार्णमा सबै स्थानिय उपभोक्ता समितिका उपभोक्ताहरु भएकालले काम राम्रो भइरहेको बताउनु भयो ।

त्यस्तै स्थानिय सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नविन कुमार भुजेल ले कृषकहरुलाई हाइवए सडक सम्म कृषि उपजहरु निकालेर बेचबिखन गर्नका लागि बख्रा समयमा सधै समस्या हुने भएका ले आफुहरुले यो साल सडक हिउद बख्रै यातयात ,एम्बुलेन्स सत्तचालन हुने गरी निर्माण गरीरहेको बताए । त्यस्तै वडा नं २ मा सिचाइ तथा खानेपनि तर्फ पनि लागि ८ लाख ५० हजार बराबरको काम भइरहेको वडा अध्यक्ष कृष्ण कुमार मगरले बताउनु भयो । साथै २ नं वडा भित्र समग्र विकासका लागि आर्थिक वर्ष २०७६।०७७ को विनियोजित बजेट ४ करोड ७६ लाख ३२ हजार रहेको र अन्य क्षेत्रमा पनि काम अगाबढि रहेको वडाले जनाएको छ । सडक निर्माण हुन थाले पछि स्थानिय तथा कृषकहरु खुसीभएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here