•  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटा द्धरा नोबल कोरोना भाइरसको संक्रमणबाट बच्न
                           विशेष सतर्कता अपनाउन अपिल ।

धनकुटा,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले छिमेकी मुलुक चीनबाट संक्रमण शुरु भएको नोबल कोरोना भाइरसको संक्रमणबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
चीनको बुहान शहरबाट संक्रमण शुरु भई विश्वका ८५ भन्दा बढी राष्ट्रमा फैलिएर ३ हजार भन्दा बढी मानिसहरुको ज्यान लिईसकेकाले यसको संक्रमणबाट जोगिन विभिन्न उपायहरु अपनाउन आग्रह गरेको छ । नेकपा धनकुटाका अध्यक्ष राजेन्द्र राईद्धारा हस्ताक्षरित अपिलमा भनिएको छ–‘अन्य मुलुकहरुमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट आमनेपालीहरुमा पनि आम चासो र चिन्ता फैलिएकाले सबैमा संयमित हुन पनि आग्रह गर्दछौं ।’ यो विषम परिस्थितिमा कोरोना भाईरसबाट बच्न सरकारले विभिन्न अपिलहरु गर्दै आएको भएपनि सरकार र कुनै एक जना व्यक्तिको पहल र प्रयत्नबाट मात्र संम्भव नहुने भएकाले आम धनकुटेली नागरिकहरु सबै सचेत रहन अपिलमा आग्रह गरिएको छ ।


सार्वजनिक रुपमा भेला नहुने, सभा सम्मेलन नगर्ने, चिकित्सकहरुको सल्लाहलाई पालना गर्न र नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको सल्लाह, सुझावलाई पूर्णरुपमा पालना गरी आफु सुरक्षित रहन र सबैलाई सुरक्षित राख्नको लागि सहयोग गर्न नेकपा धनकुटाले अपिल मार्फत आग्रह गरेको छ । यसैबीच महालक्ष्मी नगरपालिका धनकुटा, पाख्रिबास नगरपालीका , छथरजोरपाटि गाउपालिका लगाएत धनकुटाका ७ वटै स्थानिय तहहरुले पनि विभिन्न मितिहरुमा तय गरेको पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गर्दै प्रेस विज्ञप्ति जारी गर्दै विश्वभर कोरोना भाईरसको संक्रमणबाट देखिएकोे असहज परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले गरेको जारी गरेको सुचनाको आधारमा अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here